ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्त्रिकारी)को पाल्पा जिल्ला भेला सम्पन्न ,अध्यक्षमा सोमै

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्त्रिकारी)को पाल्पा जिल्ला भेला सम्पन्न ,अध्यक्षमा सोमै

२८ भदौ,२०७८

अम्बिका परियार

विज्ञापन

पाल्पा–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी)को पाल्पा जिल्ला भेला एवम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाबाट ३७ सदस्यीय जिल्ला स्तरीय कमिटी गठन गरिएको छ । जस्को जिल्ला अध्यक्षमा पदम सोमै चयन भएका छन । उपाध्यक्षमा पदम बस्याल ,सीता रास्कोटी,सचिवमा अतीत शर्मा ,सह–सचिवमा विकास पाण्डे,भिम लुङ्गैली,कोषाध्यक्षमा उमा वि क चयन भएका छन । सदस्यहरूमा तारा बहादुर रायमाझी,विष्णु विक ,मिलन घर्ती मगर,मञ्जु दर्लामी,लक्ष्मी पचभौया,धन माया मश्राङ्गी,विवेक श्रेष्ठ,किरण दर्लामी गरि ३७ सदस्य जिल्ला कमिटि गठन भएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश सांसद तुलाराम घर्ती मगरले विद्यार्थीहरु देश परिवर्तनको सम्बाहक भएको बताउनु भयो ।विद्यार्थीहरु सचेत बर्गमा पर्ने भएकाले शैक्षिक क्षेत्रमा होस या कुनै पनि क्षेत्रका बिकृती बिसङतिका विरुद्ध सकारात्मक बिरोध गर्नु पर्ने भन्दै अब देशलाई परिवर्तन गराउने, समृद्धि तर्फ लैजाने जिम्मा युवा बिद्यार्थीको रहेको बताउनु भयो । पछिल्लो समय देशमा राजनीतिक अस्थिरताका कारण युवाले राजनीति प्रती खासै चासो नदेखाएको गुनासो समेत गर्नु भयो । जब सम्म आफना बानी व्यबहार र दैनिकि सुधार गर्न सकिँदैन तब सम्म समाज परिवर्तन गर्न सकिँदैन भन्दै आगामी दिनमा समाज परिवर्तनका लागि हातेमालो गर्न बिद्यार्थीहरुलाई आवहान समेत गर्नु भयो । आगामी दिनहरुमा नयाँ चुनिएका पदाधिकारिहरुले बिध्यार्थीको शैक्षिक क्रान्ति बारे संगठित भएर लाग्न प्रेरित गर्दै नयाँ कार्यसमिति लाई बधाई दिए ।

त्यस्तै अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष बिजय गौतमले व्यबहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनु भयो । अहिले डिग्री हाषिल गरेका बिद्यार्थीहरु सटिफिकेट थन्काएर रोजगारीका लागि विदेशिनु परेको भन्दै स्कुल कलेजहरुमा व्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नु पर्नेमा जोड दिदै त्यसका लागि सरकारका तिनै तह र सम्बन्धित सरोकारवाला निकाय गम्भिर हुन आग्रह समेत गर्नु भयो ।स्कुल तथा क्याम्पसहरुमा हुने सबैखाले कमिकमजोरि, बेथिति जस्ता नकारात्मक हर्कतहरुको बिरुद्धमा बिध्यार्थी अन्दोलन आबश्यक रहेको बताँउदै शैक्षिक क्रान्तिमा बिध्यार्थीहरुको आन्दोलन जारी रहनुका साथै बिद्यार्थीको क्षेत्रअधिकार भित्र रहेका अधिकार प्राप्तिका लागिे संबन्धित निकायलाई सधै खबरदारि गर्नेु पर्ने भन्दै अबको क्रान्ति विद्यार्थीकोे हकहित र अधिकारमा मात्र निहित नरहि समग्र देशलाई समृद्ध तिर लैजाने मागर्दशकको रुपमा काम गर्नुपर्ने आजको आबश्यकता रहेको समेत जिकीर गर्नुभयो ।

उक्त भेलामा नेकपा (माओबादी केन्द्र) पाल्पाका अध्यक्ष नेत्र पाण्डे,तिनाउ गाउँपालिका कमिटि अध्यक्ष राजेश श्रेष्ठ,अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय उपाध्यक्ष पुरन के सी,अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश सह संयोजक विक्रम राना,अखिल (क्रान्तिकारी )का पाल्पा जिल्ला ईन्चार्ज अम्बिका परियार , अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य बिरेन्द्र जंग बस्नेत , नेकपा (माओबादी केन्द्र) पाल्पा जिल्ला सदस्य दिनेश जिशी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बिभिन्न स्कुल तथा क्याम्पसका बिद्यार्थीहरुले सांस्कतिक झलकहरु प्रस्तुत गरेको उक्तmकार्यक्रम पदम सोमैकोे अध्यक्षता,उमा बि.क को स्वागत मन्तव्य तथा अतित शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।