अनलाइन कक्षा पढ्न रुखमै डेरा

अनलाइन कक्षा पढ्न रुखमै डेरा

खोटाङमा बिध्यार्थीले अनलाइन कक्षा पढ्न रुखमै डेरा गरेका छन।

नेपाल सरकारले देशभर अनलाइ कक्षालाइ निरन्तरता दिइ सगै देशका सामुदियक बिध्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० कक्षाका बिध्यार्थीले यतिबेला जोखिम अबस्थामा अध्ययन कार्य थालेका छन।

विद्यालयले गएको २४ साउनदेखि अनलाइन कक्षामार्फत पढाइ सुरु गर्ने निर्णय अनुसार अनलाइन कक्षा पढ्न रुखमै डेरा गरेका हुन।

नवलपुर सिम्लेमा मोबाइलबाट खासै इन्टरनेटले काम गर्दैन । डाटा पनि बल्लतल्ल कनेक्ट हुन्छ। कनेक्ट नहुदा जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन।

अनलाइन कक्षामा सहभागी भइ अध्ययन पुरा गर्ने उदेश्यले सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागिता जनाइरहेका छन्।

उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएको बताए। 

अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उनी रुखमा रहेको डेरामा बसी जोखिमपुर्ण अबस्थामा अनलाइन कक्षामा सहभागी भइ अध्ययन गर्ने गरेको बताएका छन ।

नेटवर्क समस्याका कारणले उने ८/९ दिनसम्म अनलाइन कक्षामा सहभागी हुन सकेनान  पढाइ छुट्न थालेपछि उनले जुक्ति निकालेर यसरी रुखमा डेरा बनाइ पढ्न थालेका हुन । 

‘घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरेँ तर कनेक्सन राम्रो देखिएन। एउटा रुखको फेदमुनि बसेर चेक गरेँ। त्यहाँ कनेक्सन राम्रो देखायो। रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ। अझ राम्रो कनेक्सन देखायो। जुम मिटिङमा जोडिन सफल भएँ,’ मगरले भने, ‘रुखमै चढेर दुई दिन अनलाइन क्लासमा सहभागी बनेँ। दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ।’

छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले हर्षित बनाएको सरस्वती माविका निमित्त प्रधानाध्यापक नवीन चाम्लिङले बताए। 

सरस्वती माविमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन-पाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ। ३ असोजबाट भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने निर्णय हलेसी तुवाचुङ नगरपालिकाले गरिसकेको छ। 

१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन्। उनका भाइ नयन कक्षा ८ मा पढ्छन्। उनीहरु आमासँग बसिरहेका छन्। 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता