लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन
- ई प्रतिबिम्ब
- २०७८ भाद्र १७
- 541 views
भदौ १७, २०७८
अम्बिका परियार
रुपन्देहि
आजका लागि तय भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले )को अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको छ ।
आफ्नो पार्टीले कारबाही गरेका विमला कुमारी खत्री वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगित हुँदै आएको थियो । यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगित भएको थियो ।
- जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने
- बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
- जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म
- कुमाख वडा नं ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
- नि:शुल्क गर्भपतन सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट सुरु
- सल्यान महोत्सवकाे आर्थिक प्रतिवदेन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग
- कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध
- शारदा नगरपालिका द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई फलफूलका विरुवा वितरण
- त्रिवेणीमा वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी” २ दिने क्षमता विकास अभिमुखीकरण


















प्रतिकृया दिनुहोस्