अखिल (क्रान्तिकारी) लुम्बिनी बाणिज्य क्याम्पसको इकाई सम्मेलन सम्पन्न ,अध्यक्षमा विराज चालिसे चयन

अखिल (क्रान्तिकारी) लुम्बिनी बाणिज्य क्याम्पसको इकाई सम्मेलन सम्पन्न ,अध्यक्षमा विराज चालिसे चयन

भदौ १३, २०७८

अम्बिका परियार

बुटवल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुम्बिनी बाणिज्य क्याम्पसको नवौ इकाइ सम्मेलन सम्पन्न भएको छ ।नवौँ सम्मेलनले स्नातकोत्तर (एमबिएस )सेकेण्ड सेमेष्टरमा अध्ययनरत विराज चालिसेको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

जसको उपाध्यक्षहरुमा सरोज पौड्याल,अन्जान पोखरेल,सिर्जना पौडेल र आर के बिक्रम,सचिवमा सन्दिप घिमिरे, सह सचिवमा माधव बस्याल, नविन रेग्मी, सुरक्षा घिमिरे र कोषाध्यक्षमा तुलसी रेग्मी निर्वाचित हुनुभएको छ । बाँकी सदस्यहरुमा रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी संगठनका केन्द्रिय उपमहासचिब तुकमान महाराले शैक्षिक क्षेत्र सुधार संगै बिद्यार्थीको हक हितका लागि संगठित भएर लाग्नु पर्ने कुरामा जोड दिनु भयो । पछिल्लो समय शिक्षा क्षेत्रलाई व्यापारिकरण गर्दा गरिब र धनि बिचको खाडल बढ्दै गएकाले त्यसका बिरुद्ध आवाज उठाउनु युवा बिद्यार्थीका दायित्व रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा संगठनका केन्द्रिय सचिब नारायण खनाल ,लुम्बिनी प्रदेश सह संयोजक बिक्रम खड्का,रुपन्देहि जिल्ला ईन्चाज रुपेश पौडेल ,सागर पन्थ लगाएतको उपस्थिती रहेको थियो ।

क्याम्पसको सभाहलमा शनिवार एक कार्यक्रमको आयोजना गरिएको सम्मेलन संगठनका क्याम्पस ईकाई अध्यक्ष प्रशान्त बन्जाडेको अध्यक्षता तथा बिराज चालिसेको सञ्चालनमा सम्पन्न भएको हो ।