श्री ढापखोला सामुदायिक बन तथा श्री सिर्जनशिल महिला सामुदायिक बन उपभोक्ता समुहको साधारणसभा सम्पन्न

श्री ढापखोला सामुदायिक बन तथा श्री सिर्जनशिल महिला सामुदायिक बन उपभोक्ता समुहको साधारणसभा सम्पन्न

१० भदौं २०७८

अम्बिका परियार

विज्ञापन

पाल्पा ः—पाल्पाको तिनाउं गाउपालिका वडा न.२ श्री ढापखोला सामुदायिक बन उपभोक्ता समुहको २१ औं तथा श्री सिर्जनशिल महिला सामुदायिक बन उपभोक्ता समुहको १३ साधारणसभा तथा बार्षिक उत्सब कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

गएका बर्षहरुमा जस्तै यो बर्ष पनि श्री ढापखोला सामुदायिक बन उपभोक्ता समुह स्थापना भएको २१आंै वर्ष र श्री सिर्जनशिल महिला सामुदायिक बन उपभोक्ता समुहको १३ आंै पुरा भए सँगै सामुहिक रुपमा साधारणसभा तथा बार्षिक उत्सब कार्यक्रममा दुबै बन उपभोक्ता समितीको गत वर्षको विभिन्न आय ब्यय प्रतिवेदनकका साथै आगामि कार्ययोजनाहरु प्रस्तुत गरिएको थियो ।
श्री ढापखोला सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष कुम्भकला खड्काको अध्यक्षता, तिनाउ गाउपालिका प्रबक्ता तथा वडा नं. २ का वडा अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यता, तिनाउ सव डिभिजन वन कार्यालयका फरेष्टर गोबिन्द पराजुली, सामुदायिक वन समन्वय समिती तिनाउका अध्यक्ष पदमलाल शाक्यको विशिष्ट आतिथ्यतामा भएको साधारण सभामा दुबै संस्थाका अध्यक्षहरु द्धय कुम्भकला खड्का तथा मालमति थापा क्षेत्रीले वार्षिक प्रतिवेदनका साथै आन्तरिक लेखापरिक्षण प्रतिवेदन तथा वार्षिक लेखा परिक्षण (२०७७÷८८) प्रस्तुत गर्नुभएको थियो ।

श्री ढापखोला सामुदायिक बन उपभोक्ता समुहको गत आर्थिक वर्षमा ३३ लाख ९९ हजार ७ सय दश रुपिया तिरानव्वे पैशाको कारोबार गरेको मध्ये १८ लाख ३९ हजार ६ सय ४४ रुपिया खर्च गरि संस्थाले १५ लाख ६० हजार ६६ रुपियां बचत गरेको संस्थाका सचिब जनक बहादुर खड्काले बताउनु भयो । त्यस्तै श्री सिर्जनशिल महिला सामुदायिक बन उपभोक्ता समुहको १६लाख ६४ हजार ६ सय चालिस रुपिया ,८८ पैसाको कारोवार गरको मध्ये ९ लाख ४४ हजार ६ सय नब्बे रुपिया खर्च गरि कुल ७ लाख १९ हजार ९ सय पचास रुपियां ८८ पैशा बचत गरेको संस्थाका सचिब सिता कुमारी खत्रीले जानकारी दिनुभयो ।संस्थाले न्युन्तम दरमा उपभोक्ता समिती सदस्यहरुलाई ऋण लगानी गरि उत्पादनशिल क्षेत्रमा लगानी गर्नुका साथै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तिनाउ गाउपालिका प्रबक्ता तथा वडा नं. २ का वडा अध्यक्ष राजेश श्रेष्ठ सामुदायिक बन व्यबस्थापनले समुदायका मानिसहरुको जिवनस्तरमा सकरात्मक प्रभाब पारेको बताउनु भयो । सामुदायिक बनहरु संख्यात्मक भन्दा पनि गुणात्मक तरिकाले वृद्धि गरि उपभोक्ताहरुको जीवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने आवश्यकता औल्याउनु भयो । समुदायले आटेका हरेक कामलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
त्यस्तै तिनाउ सव डिभिजन वन कार्यालयका फरेष्टर गोबिन्द पराजुलीले सामुलायिक बन सबैको साझा चौतारीको रुपमा रहेको र यस क्षेत्रका जनताको दैनिकीलाई प्रत्यक्षरुपमा कल्याण गरेको बताउनु भयो । सामुदायिक वन समन्वय समिती तिनाउका अध्यक्ष पदमलाल शाक्यले पछिल्लो समय बन मासिने क्रम ले तिब्र गतिमा बढ्दै गएकाले वन जोगाउनु हामी सबैको कर्तब्य भएको तर्क गर्नुभयो । त्यस्तै तिनाउ गाउपालिका कार्यपालिका सदस्य रितु श्रेष्ठले बन संरक्षण गर्नाले समयको बचत संगै दैनिक आबश्यक पर्ने काठ,दाउरा, घासपातले जनजीवन सहज बनाएकाले बन संरक्षण तर्फ सबैले हातेमालो गर्नु पर्ने जिकीर गर्नुभयो ।

कार्यक्रममा सामुदायिक वन समन्वय समिती तिनाउका सचिब दिनेश जि.सी,श्री थानी डाडां माबीका सहायक प्र.अ रुद्र जि.सी,बदेलपोखरी सामुदायिक बन उपभोक्ता समुह अध्यक्ष ईमान सिंङ थापा ,बगाहा सामाजिक स्वास्थ्य इकाईका ईन्चार्ज फारस खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गनुभएको थियो ।
कार्यक्रममा सिर्जनशिल महिला सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष मालमति थापाको स्वागत मन्तव्य तथा श्री ढापखोला सामुदायिक बन उपभोक्ता समुहका सचिब जनक बहादुर खड्काले सञ्चालन गर्नुभएको छ ।