रुकुममा काठका ठेकि बनाउने पेशा संकटमा

रुकुममा काठका ठेकि बनाउने पेशा संकटमा

२०७८ भदाै १० बिक्रम परियार रुकुम पूर्व

कुनै समयमा काठबाट निर्मित ठेकिहरु धेरै प्रयोगमा ल्याइथ्यो ।

विशेषगरी दलित समुदाय अन्तर्गतको चुँनार जातिमा बनाईने ठेकि लगाएत काठका भाडाकुडाहरु बनाउनउने पेशा अहिले लोप हुने अवस्थामा छ । जसले गर्दा ठेकि निर्माण गरेर जिविको पार्जन गर्दै आएका समुदायका नागरिकहरुको रोजिरोटी पनि गुम्ने खतरा छ । तर रुकुम पूर्वका केही युवाहरु भने परम्परागत यो पेशालाई संकटमा पर्न नदिने गरी लागी परेका छन् ।

रुकुम पूर्व जिल्ला सिस्ने गाउँपालिका ५ रुकुमकाेट थाक्नाका दलबहादुर वि.क उमेरले तीन विस काटि सक्नु भएको छ । तर पनि उहाँले अहिलेसम्म काठबाट ठेकीहरु निर्माण गर्न छोड्नुभएको छैन ।

पुरानो प्रचलन अनुसार यो पेशा गर्नेलार्ई चुनारा भन्ने गरिन्थ्थो काठबाट उनिहरुले ठेकि, मुर्ति, गिलास, कौसि, गाँवु र बिन्ना जस्ता सामाग्रिहरु बनाउछन् । यस्ता बस्तुहरु बनाउन स्थानिय प्रबिधिहरु जस्तै साँधन, भाँरि, डोरि र सामोहरुको प्रयोगमा ३ देखि ५ जनाको कडा परिश्रम लाग्ने र धेरै पहिला भने यी सामानहरुलाई घुमन्ते शैलिमा बिक्रि बितरण गरिन्थ्यो ।

यही पेशाबाट दलबहादुरले जीवन गुजारा गर्दै आउनुभएको छ । पहिलेको जस्तो काठबाट बनेका ठेकि लगायतका सामाग्री प्रयोगमा नआउनुले पनि निर्माण गरिएका सामाग्रीले बजार पाउँन समस्या छ । दुख धेरै छ तर परिश्रम अनुसारको ज्याला र बजार मूल्य नहुँदा पेशा नै संकटमा पर्ने चिन्ता एकातिर छ । दलबहादुरका छोराहरु योगेन्द्र र रामकुमार भने आफ्नो पुर्खेउली र मौलिकतासंग जोडिएको पेशालाइ संरक्षण गर्ने र व्यवसायिकरण गर्नका लागि तम्सीएका छन् ।

जसका लागि राज्यले आफुहरुलाई सहयोग गर्नुपर्ने योगेन्द्र बि.क बताउनुहुन्छ । ठेकिमा दहि जमाउन मोहि पार्न र अन्य घरायसी काममा प्रयोग गरिने काठजन्य भाडामा पानिको प्रयोग गर्नाले स्वास्थ्थका लागि अति उत्तम मानिन्छ । आधुनिक बजारिकरणसंगै ठेगि लगाएत काठका भाँडाकुडा बनाउने प्रचलन लगभग हराउन थालिसकेको छ । यस्तो अवस्थामा यसलाई संरक्षण र सम्र्बधन गर्नका लागि नजिकको स्थानिय सरकारले के गर्न सक्छ ? सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल (गाैतम) ले अब भने लापाेन्मुख याे काम कहाँ कसरी भइरहेको छ । एकपटक अनुगमन गरि गाउँपालिकाले अन्य सरकारि तथा गैरसरकारी कार्यालयहरु समन्वय गरि वा गाउँपालिकाकाे तर्फबाट पनि सहयोग गरि याे सामाजिक पहिचानसंग जाेडिएकाे पेशालाई हराउन नदिने बताउनुभएको छ ।

पुखौँदेखी अंगाल्दै आएको पेशा अहिलेका युवाहरुले पनि निरन्तरता दिने सोचमा छन् । यो अत्यन्तै सकात्मक पक्ष हो । समाजमा लोप हुनै लागेको र स्थानीय पहिचानसंग जोडिएको यो पेशालाई संरक्षण प्रवद्र्धन गर्नका गर्न सरोकारवालाहरुले बेलैमा सोच्न जरुरी रहेकाे स्थानीय बताउँछन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता