युवा दिवसको अवसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण
- ई प्रतिबिम्ब
- २०७८ श्रावण २८
- 1230 views
अम्बिका परियार २०७८ श्रावण २८,
अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
सैनामैना ६ पटना मा रहेको गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजको सह– आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले हरितपुर्ण नगर बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । सैनामैनामा वृक्षारोपणका क्षेत्रमा भएका निरन्तरको प्रयासका कारण सैनामैना निकट भविष्य मै स्वास्थ वातावरण युक्त हरियाली शहर बन्ने बताउनुभयो ।त्यस्तै विभिन्न कारणले पढ्ने चाहाना हुदांहुदै पनि बिचैमा पढाई छोड्नु भएका दिदीबहिनीहरुको अध्ययनको चाहाना पुरा गर्न महिला बिद्यालय सञ्चालनमा लागिएको भन्दै त्यस्को लागि स्थानियहरुले आफना छोरी बुहारीहरुलाई स्कुल पठाएर सहयोग गर्नु पर्ने बताउनु भयो ।
सम्पुर्ण वडाको प्रतिनिधित्व गर्दै सैनामैना ४ का युवा परिषद क्लवका अध्यक्ष बिष्णु बहादुर फौदारले नगरपालिकाले नगर भित्रका सम्पूर्ण युवालाइ समेटने गरि काम गर्नुपर्ने बताउनु भयो । नगरपालिकाले युवा परिचालनमा कन्जुसाई नगरे आफुहरुले जुनसुकै सहयोग गर्न पछि नपर्ने बताउनुभयो ।

कार्यक्रम गोरखनाथ सामुदायिक सिकाइ केन्द्र कि अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षता , नगर प्रमुख चित्र बहादुर कार्र्कीको प्रमुख आतिथ्यता , सैनामैना नगर उपप्रमुख बिना रानाको विशिष्ट आतिथ्यता ,शिक्षा शाखा प्रमुख हेमराजअर्याल, नेपाली काङ्ग्रेस जिल्ला उप सभापति फणिन्द्र प्रसाद शर्मा, नेकपा एमाले नगर इञ्चार्ज खुसिराम चौधरी ,नेकपा एमाले सैनामैना अध्यक्ष चेतनारायण न्यौपाने, माओवादी केन्द्रका सैनामैना संयोजक मान बहादुर महत, लगायत जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधि , विभिन्न संध सस्थाका प्रतिनिधि , ११ वटा युवा परिषदका सम्पुर्ण कार्यसमिति लगायतको सहभागितामा टिक , सिसौँ लगायतका विभिन्न प्रजातिका विरुवाहरु लगाइएको थियो ।
कार्यक्रम मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खडकाको स्वागत मन्तव्य तथा सृजना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्