युवा दिवसको अवसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण

युवा दिवसको अवसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण

अम्बिका परियार २०७८ श्रावण २८,

अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
सैनामैना ६ पटना मा रहेको गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजको सह– आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

विज्ञापन

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले हरितपुर्ण नगर बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । सैनामैनामा वृक्षारोपणका क्षेत्रमा भएका निरन्तरको प्रयासका कारण सैनामैना निकट भविष्य मै स्वास्थ वातावरण युक्त हरियाली शहर बन्ने बताउनुभयो ।त्यस्तै विभिन्न कारणले पढ्ने चाहाना हुदांहुदै पनि बिचैमा पढाई छोड्नु भएका दिदीबहिनीहरुको अध्ययनको चाहाना पुरा गर्न महिला बिद्यालय सञ्चालनमा लागिएको भन्दै त्यस्को लागि स्थानियहरुले आफना छोरी बुहारीहरुलाई स्कुल पठाएर सहयोग गर्नु पर्ने बताउनु भयो ।

सम्पुर्ण वडाको प्रतिनिधित्व गर्दै सैनामैना ४ का युवा परिषद क्लवका अध्यक्ष बिष्णु बहादुर फौदारले नगरपालिकाले नगर भित्रका सम्पूर्ण युवालाइ समेटने गरि काम गर्नुपर्ने बताउनु भयो । नगरपालिकाले युवा परिचालनमा कन्जुसाई नगरे आफुहरुले जुनसुकै सहयोग गर्न पछि नपर्ने बताउनुभयो ।

कार्यक्रम गोरखनाथ सामुदायिक सिकाइ केन्द्र कि अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षता , नगर प्रमुख चित्र बहादुर कार्र्कीको प्रमुख आतिथ्यता , सैनामैना नगर उपप्रमुख बिना रानाको विशिष्ट आतिथ्यता ,शिक्षा शाखा प्रमुख हेमराजअर्याल, नेपाली काङ्ग्रेस जिल्ला उप सभापति फणिन्द्र प्रसाद शर्मा, नेकपा एमाले नगर इञ्चार्ज खुसिराम चौधरी ,नेकपा एमाले सैनामैना अध्यक्ष चेतनारायण न्यौपाने, माओवादी केन्द्रका सैनामैना संयोजक मान बहादुर महत, लगायत जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधि , विभिन्न संध सस्थाका प्रतिनिधि , ११ वटा युवा परिषदका सम्पुर्ण कार्यसमिति लगायतको सहभागितामा टिक , सिसौँ लगायतका विभिन्न प्रजातिका विरुवाहरु लगाइएको थियो ।

कार्यक्रम मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खडकाको स्वागत मन्तव्य तथा सृजना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।