कर्णाली प्रतिष्ठान स्तरवृद्धिको पहल गर्छु : प्रदेश प्रमुख कलौनी

कर्णाली प्रतिष्ठान स्तरवृद्धिको पहल गर्छु : प्रदेश प्रमुख कलौनी

२०८७ श्रावन २४ सागर परियार जुम्ला

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीका दुर्गम क्षेत्रमामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुराएको स्वास्थ्य सेवा प्रसंशनीय भएको बताए । शुक्रबार जुम्ला पुगेका कर्णाली प्रदेश प्रमुख कलौनीले प्रतिष्ठानको अवलोकनपछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो स्थापानाको १० वर्षे अवधिमा स्वास्थ्य सेवा विस्तार, अध्यायन अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा अपेक्षित उपलब्धि गर्न सफल भएको उल्लेख गरे ।


उनले भने, “दुर्गम कर्णालीका हुम्ला, डोल्पा, मुगु कालिकोटलगायत सुदूरपश्चिमसहित १३ जिल्लामा सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रतिष्ठानले पु¥याएको छ । कर्णाली स्वास्थ्यको हब हो । अब कर्णालीबासीले रोग सहेर बस्नु पर्दैन जटिल खालका उपचारदेखि डाक्टरी पढाइ पनि जुम्लामै हुने कुराले कर्णाली सरकारको शिर उचो भएको छ ।” स्वास्थ्य सेवा प्रवाह तथा उपचारमा प्रतिष्ठान अब्बल भएको भन्दै प्रदेश प्रमुख कलौनीले विभिन्न पटक आउने कोरोनाजस्ता अन्य महामारीमा उपचारसँंगै जनचेतनाका कार्यक्रममा समेत जोड दिन सुझाव दिए ।


कर्णाली प्रतिष्ठान समग्र कर्णालीसँंगै देशकै भरोसाको केन्द्र भएकाले पनि स्वास्थ्य सेवामा गुणस्तरीय तथा विश्वसनियतामा ध्यान पु¥याउनु पर्ने बताए । जनशक्ति आपूर्ति, भौतिक संचरना निर्माणलगायतका अन्य समस्या समधानका लागि तीन तहका सरकारसँंग आवश्यक समन्वय र पहल गर्ने समेत प्रतिबद्धता गरे ।


उनले भने, “हाल तीन सय शैया रहेको अस्पताललाई स्तरवृद्धि गरी पाँच सय शैया बनाउन प्रदेश र संघ सरकारसंँग विशेष पहल गर्नेछु । बत्ती, फोहर व्यवस्थापन, क्वाटर भवन निर्माणका लागि पनि प्रदेश सरकारको ध्यानाकर्षण गराउँछु । कर्णाली प्रतिष्ठानको स्तरवृद्धिमा मेरो साथ रहन्छ । उच्च मनोबलका साथ कर्णालीको स्वास्थ्य क्षेत्रमा काम गर्नुहोस् ।”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षा अध्यक्ष डा. निरेश थापाले दुर्गममा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन र अध्यायन अनुसन्धानलाई विशेष प्राथमिकता दिएर प्रतिष्ठानले काम गरिरहेको बताए ।


उनले भने, “हामीले वर्षमा ६० हजार बढी बिरामीको उपचार गरिरहेका छौं । सिनेटले प्रतिष्ठानमा ६७४ जना जनशक्ति रहने निर्णय गरे पनि हालसम्म कार्यरत ३४२ जनामात्रै छौं । कम जनशक्ति, भौतिक संरचनाको अभाव, बत्ती, इन्टरनेट, फोहोर मैला व्यवस्थापनको अभावका बीच पनि प्रतिष्ठानले दुर्गममा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।”
पर्याप्त बत्ती नभएकै कारण वर्षमा जेनेरटर सञ्चालनका लागि ७० लाखसम्म इन्धन खर्च हुने गरेको छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि चाहिने आइसोलेसन, आईसीयू, भ्यान्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरलगायतका औषधि उपकरण सबै पर्याप्त रहेकाले बिरामीको उपचारमा कुनै समस्या नरहेको बताइएको छ । हाल प्रतिष्ठानमा करिब ७६ जना विभिन्न विषयका विशेषज्ञ डाक्टरले नियमित सेवा प्रवाह गरिहेका छन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता