खहरे खाेलाले बगाउदा छाेराकाे मृत्यु  आमा घाइते

खहरे खाेलाले बगाउदा छाेराकाे मृत्यु आमा घाइते

श्रवान २४ सल्यान

सल्यानमा खहरेले बगाउदा १२ बर्षिय बालककाे मृत्यु भएकाे छ

विज्ञापन

जिल्लाकाे छत्रेश्वरी गाउपालिका वडा नं ४ झिम्पे जुरढुङ्गा का अन्दाजी १२ बर्षिय बालक ओमकार वलीकाे मृत्यु भएकाे छ भने ३२ बर्षिय आमा दिलसरा वली घाइते भएकी छन ।

शनिवार दिउसो करिब ३ बजे तीर जंगलबाट गाइबस्तु चराएर घर फर्किदैँ गर्दा स्थानिय चोरपाटा खोलाले गोगनपानी भन्ने स्थानबाट आमा र छोरा दुबै जनालाई बगाएको थियो ।

तर करिब ३० मिटर तलसम्म बगेर आमा बच्न सफल भएपनि छोराको भने करिब ४ सय मिटर तल शव भेटिएको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नेव बहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोलाले बगाएर घाइते भएकी आमाको जयचौरमा उपचार गरिएको छ । छोराको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता