मेचिमहाकाली संयुक्त बुहारी आवाज द्धारा बगनासकालीका ४० परिवारलाई खाद्यान्न सहयोग

मेचिमहाकाली संयुक्त बुहारी आवाज द्धारा बगनासकालीका ४० परिवारलाई खाद्यान्न सहयोग

साउन १६, २०७८

पाल्पा — बगनासकाली गाउपालीका–६, यम्घा भुटुके गुगां क्षेत्रका विपन्न दलित समुदायका मजदुरी गरेर गुजारा गर्ने ४० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजना तथा पाल्पा शाखाको सहकार्य र नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा कोरोनाका महामारीका कारण दैनिक छाक टार्न समस्यामा परेका घर परिवार छनोट गरी दैनिकी गुर्जान सहयोग होस् भनेर एक कार्यक्रमका बिच सनिबार खाद्यान्न वितरण गरिएको हो ।
गरिबीका कारण कोही भोकै बस्न नपरोस् भन्ने उद्देश्यले कोरोनाले रोजगारी गुमाई पीडामा परेकालाई सहयोग गरेको संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिनुभयो । चामल, दाल, नुन, चिउरा ,स्वाबिन लगायत गरि ८५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको उहांको भनाई छ ।महिला,बालबालिका तथा आर्थिक रुपमा बिपन्न वर्ग तथा दलित समुदायको क्षेत्रमा हुने बिभिन्न समस्या समाधानका लागि सकरात्मक भुमिका निर्वाह गरिरहेको र आगामि दिनमा पनि समाज परिवर्तनका लागि काम गर्ने बताउनु भयो ।
कार्यक्रमा संस्थाका प्रदेश र पाल्पा जिल्लाका पदाधिकारी, बग्नासकाली गाउपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा खाद्यान्न हस्तान्तरण गरिएको थियो भने खाद्यान्नका लागि नेपालका विभिन्न क्षेत्रमा जन्मेर रोजगारीको शिलसिलामा आएरल्याण्डमा बसोबास गरि सामाजिक क्षेत्रमा काम गर्दै आएकाहरूको सहयोग रहेको खड्काले जानकारी दिनुभयो ।

विज्ञापन

बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रशाद बस्यालले स्थानिय तहमा भौतिक बिकास निमार्णका काम गरे जस्तै स्थानिय स्तरमा रोजगारीको अवसर सिर्जना गर्न नसक्दा तत्काल जनताको आर्थिक स्तर उकास्न समस्या परेको बताउदै समस्या समाधानका लागि बर्षेनी बजेट छुट्यााएर स्थानीयको जिविको पार्जनमा सहज बनाउन विभिन्न किसिममा सिप तथा आयमुलक तालिम दिदै आएको बताउनु भयो ।आगामि दिनमा पनि पछाडि परेको वर्ग समुदायको उत्थान तथा संरक्षण र प्रबद्धनका लागि आफुले कुनै कसुर बाकी नराख्ने बताउनु भयो ।पालिकाले गर्नु पर्ने काम संस्थाले गरेकोमा आभार व्यक्त गर्दै आगामि दिनमा रचनात्मक कार्य गर्न सदैव हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो भने सहकार्यका लागि अनुरोध गर्नु भयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सरस्वती चिडीले स्थानियस्तरमा महिला,बालबालिका,दलित तथा अपाङ्गहरुका लागि बिभिन्न कार्यक्रम ल्याएको बताउनु भयो । समाजमा अझै पनि महिलाहरुलाई दास्रो दर्जाकै रुपमा हेरिने हुदां विभिन्न किसिमका घरेलु हिंशाको शिकार बन्नु परको तथा बालबिवाहका कारण किशोरीहरुको बिचैमा पढाई रोकिने र प्रजनन सम्बन्धि विभिन्न समस्या देखिने गरेको तर्क गर्दै हिंशा बिरुद्ध बोल्न ,आयआर्जन गरि आत्म निर्भर बन्नका लागि आफना छोरीहरुलाई स्कुल पढाउन अभिभाबकहरुलाई आग्रह समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा गाउँपालिकाका प्रबक्ता तथा वडा न. ६ का अध्यक्ष लक्ष्मि प्रशाद अधिकारी, उद्योग बाणिज्य संघ बुटवलका कार्य समिती सदस्य जमुना पौड्याल , बांके जिल्ला सहसचिब मिना चदरा (मनिषा)लगाएतले बोल्दै गरिबी न्युनीकरणका लागि सरकार तथा सरोकारवाला निकाय सबैले हातेमालो गर्नु पर्ने कुरामा जोड दिनु भयो । समाजमा हुने सबै प्रकारका हिंशा बिरुद्ध जुट्न तथा स्वरोजगार आत्म निर्भर बन्न स्वयम सेवाग्राहीले आफनो अधिकारको प्रयोगका लागि स्थानीय तहलाई बेला बेलामा झक्झकाउनु पर्ने समेत बताउनु भयो ।
कार्यक्रमा संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता ,पाल्पा जिल्ला शाखाका संयोजक शान्ता सोमैको स्वागत मन्तव्य तथा लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्काले सन्चालनमा सम्पन्न भएको हो ।