मलेसियाबाट ल्याइएका २६ शब मध्ये सल्यानका  बुद्धी बिक काे पनि शब आयाे

मलेसियाबाट ल्याइएका २६ शब मध्ये सल्यानका बुद्धी बिक काे पनि शब आयाे

श्रावन १० सल्यान २०७८

वैदेशिक राेजगारकाे सिलसिलामा गइ विभिन्न कारणले मृत्यु भएकाहरुकाे शव नेपाल ल्याइएको छ। लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २६ जना नेपाली कामदार मध्ये २४ जनाकाे शव र ३ जनाकाे अस्ती शनिबार बिहान त्रिभुवन अन्ततर्राष्ट्रिय विमानस्थलमा आइपुगेकाे हाे ।

विज्ञापन

शनिबार मलेसियाबाट ल्याइएका २४ जनाको शव मध्ये एकजनाकाे शव सल्यानकाे भएकाे खुलेकाे छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका १४ माल्नेटा ढाँरखानीका बुद्धिराम कामी हुन् ।

उनकाे शव दाहसंस्कारका लागि आइतबार सल्यान ल्याइएकाे हाे । उनि अढाइ वर्ष अघि राेजगारकाे लागि मलेसिया गएका थिए ।

लामो समयसम्म सरकारले नेपाल एयरलाइन्सको विमान नपठाइदिएकाले मलेसियामा मृतक कामदारको शव रोकिएको र दूतावासका अनुसार अझै १० जनाको शव पठाउन बाँकी रहेकाे बताइएकाे छ।

कोरोनाबाट मात्रै मृत्यु भएका ३५ जनाको शव भने स्वदेश आउन पाएन । वैदेशिक रोजगार बोर्डले घरसम्म निःशुल्क रूपमा शव लैजाने प्रबन्ध मिलाएको थियो ।

दुतावासका अनुसार मृतककाे नाम र ठेगाना

१.बुद्धिराम कामी- सल्यान

२.मनीराम चौधरी-बर्दिया

३.कर्णबहादुर बुढाथोकी- बैतडी

४.सन्दीप विक-बागलुङ

५.प्रमोद विक-बागलुङ

६.सुनील बीसी- बागलुङ

७.झापटबहादुर थापा- तनहुँ

८.दलबहादुर मोक्तान- पाँचथर

९.कृष्णकुमार राई- ललितपुर

१०.होमबहादुर गुरुङ- सुनसरी

११.रामचरित्र कानु- बारा

१२.अमरबहादुर माझी- सिन्धुपाल्चोक

१३.लोकबहादुर शाही- दैलेख

१४.रुपेशपुलामी मगर- सिरहा

१५.श्यामु थारु- कपिलवस्तु

१६.सोमरबहादुर तामाङ- ओखलढुङ्गा

१७.शम्भु विक- झापा

१८.कमलादेवी भण्डारी- मोरङ

१९.लोकबन्धु लावती- झापा

२०.मति तामाङ- नवलपरासी

२१.यमबहादुर सनारी- पाल्पा

२२.दलमान तामाङ- ओखलढुङ्गा

२३.गोविन्द बोहरा- झापा

२४.मोहनप्रसाद चौधरी- नवलपरासी,(अस्तु मात्र)

२५.मीनबहादुर विष्ट- डढेलधुरा,(अस्तु मात्र)

२६.रोशनकुमार यादव- सिरहा (अस्तु मात्र)

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता