रुपन्देहीको सैनामैनामा विद्युतीय गाडी एसेम्बल प्लान्टको तयारी शुरु
- ई प्रतिबिम्ब
- २०७८ श्रावण ९
- 639 views
९ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारी साधन उत्पादनका लागि एसेम्बल प्लान्ट निर्माण प्रक्रिया शुरु भएको छ । सैनामैना वडा नं ८ र ९ को भड्सीमा करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण हुने भएको हो ।प्लान्ट निर्माणका लागि नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिने सम्झौता गरेको छ । सुन्दर यातायातको भगिनी कम्पनी सुन्दर अटो इन्जिनियरिङमार्फत यो प्लान्ट सैनामैनामा स्थापना हुन लागेको हो ।
प्लान्टमा ४९ प्रतिशत सुन्दर अटो इन्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी हुने छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो चरणमा सुन्दर ट्रेडर्स प्रालिले तीन अर्ब ६० करोड रुपैयाँ लगानी गरी एसेम्बल प्लान्ट निर्माण गर्ने बताए ।प्लान्टबाट आउंदो फागुन महिनासम्ममा सवारी साधन एसेम्बल हुने र एक वर्षभित्र विक्रि शुरु गर्ने लक्ष्य रहेको कार्कीले बताए । प्लान्टबाट पहिलो वर्ष तीन सयवटा सवारी उत्पादन गर्ने योजना रहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । त्यसपछि आवश्यकता अनुसार हरेक वर्ष उत्पादन बढाउँदै लैजाने र वार्षिक एक हजार सवारी साधन उत्पादन गर्न सकिने उनले बताए ।
विद्युतीय गाडी आयात गरेर चलाउनुभन्दा आफ्नै देशमा एसेम्बल प्लान्ट स्थापना गर्दा सानादेखि ठूला सबै सवारी साधन बनाउन सकिने र एउटा बसमा २० देखि २२ लाख रुपियाँ सस्तो पर्ने थापाले बताए । थापाले एसेम्बल प्लान्ट बनेपछि सवारी साधन बिग्रिँदा वा पार्टपुर्जा चाहिँदा विदेशको मुख ताक्नुपर्ने बाध्यतासमेत अन्त्य हुने प्रालिले जनाएको छ ।
प्लान्टमा तीन सयजनाले रोजगारी पाउने प्रालिले जनाएको छ । एसेम्बल प्लान्टबाट देशभर र छिमेकी देशमा समेत सवारी साधन विक्रि वितरण हुने भएकाले सैनामैनाको आर्थिक विकासमा कोशेढुंगा सावित हुने नगर प्रमुख कार्कीले बताए ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्