सैनामैना उधोग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशन बाट अध्यक्षमा प्रेम खड्का निर्वाचित

सैनामैना उधोग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशन बाट अध्यक्षमा प्रेम खड्का निर्वाचित

श्रावण ३, रुपन्देही

सैनामैना उधोग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशन सैनामैना उद्योग वाणिज्य संघकाे सभा हलमा समपन्न भएकाे छ।

विज्ञापन

सैनामैना उधोग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशनबाट प्रेम खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भए सगै निर्वाचित पदाधिकारीकाे आजै पदस्थापना गरिएकाे छ।

संघकाे बरिष्ठ उपाध्यक्षमा दिपक अधिकारी,उद्योग उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल,वाणिज्य उपाध्यक्षमा हिमाल गैरे,महासचिबमा लोकनाथ अधिकारी,कोषाध्यक्षमा नारायण प्रसाद पन्थ,सचिबमा मित्र भुषाल र सदस्यहरुमा सिता क्षेत्री,गुरु प्रसाद पराजुली,लाल बहादुर वि.क,सावित्रा शर्मा न्यौपाने,चन्दा भण्डारी,मित्रमणी खनाल,गोरखनाथ बानियाँ,शान्ति शर्मा बराल,छविलाल न्यौपाने,जानकी शर्मा निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक लालप्रसाद पंगेनीले जानकारी दिए।

बधाइ पदस्थापना कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दैै सफलकार्यकालको शुभकामना ब्यक्त गरेका थिए। उनले भने अब उधोगी, ब्यवसायहरुको हकहितमा काम गर्न आग्रह गर्दै तिनै तहको सरकार संग सहकार्य गरि विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिनु पर्ने बताए । सथै केन्द्रले उत्पादित बस्तुहरुको बजारीकरण तथा प्रदर्शन र कर समस्या समाधान गर्न विशेष पहल भइरहेको जानकारी दिए । 

नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले संघले ब्यवसायको हितमा काम गर्नुपर्ने बताउनुभयो । विधि र पद्धति अनुसार संघलाई अघि बढाउन अपिल गर्दै नयाँ नेतृत्वलाई सफलकार्यकालको शुभकामना ब्यक्त गर्नुभयो । 

नव नेतृत्वले ब्यावसायिक हितमा काम गर्नुपर्नेमा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य भोला बस्यालको जोड छ । 

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य, जसपा रुपन्देही जिल्ला सदस्य लक्ष्मी प्रसाद शर्मा, नेपाली कांग्रेस सैनामैना नगरसभापति रामप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्र सैनामैनाका इन्चार्ज, राष्ट्रिय जनमोर्चाका लुम्बिनी सदस्य गणेश गौतम, नेकपा क्रान्ति सैनामैना नगर इन्चार्ज एकदेव पौडेल लगायतले बोलेका थियो । 

कार्यक्रम संघका अध्यक्ष राज बहादुर क्षेत्रीको अध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य भोला बस्यालको विशिष्ट आतिथ्यतामा भएको हो ।

कार्यक्रम वरिष्ठ उपाध्यक्ष प्रेम खड्काको स्वागत तथा महासचिब दिपक अधिकारीको सञ्चालन सम्पन्न भएको थियो ।

पत्रकारद्धय सुरेश परियार र अनिता चौधरी सम्मानित

सो  अवसरमा रेडियो सैनामैनाका स्टेशन म्यानेजर शुरेश परियार र किस.एफ.एमकी समाचार प्रमुख अनिता चौधरी सम्मानित हुनुभएको छ । संघको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशनको पदस्थापन कार्यक्रममा पत्रकारद्धय सुरेश परियार र अनिता चौधरी नगदराशी सहित सम्मानपत्रद्धारा सम्मानित हुनुभएको हो । 

पत्रकारिताको माध्यमबाट उधोग, ब्यवसाय, प्रबद्र्धनमा पुराएकोे योग्दानको मुल्याङकन गर्दै पत्रकार परियार र चौधरीलाई सम्मान गरिएको हो ।  नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ र संघका अध्यक्ष राज बहादुर क्षेत्रीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । उक्त कार्यक्रममा पुर्व कर्मचारी नेत्र थापा लगायतलाई सम्मान थियो । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता