रुपन्देही जिल्लाकाे  सैनामैनामा पर्यटन प्रर्वधन गर्न  करिब ५४ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको साइकल र्यालीद्धारा परिक्रमा

रुपन्देही जिल्लाकाे सैनामैनामा पर्यटन प्रर्वधन गर्न करिब ५४ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको साइकल र्यालीद्धारा परिक्रमा

श्रावण ३, रुपन्देही

रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित आयोजना गरिएको साइकलयात्रामा रोटरी क्लव अफ सैनामैना, रोट्रयाक्ट क्लव अफ सैनामैना र इनरह्वील क्लव अफ सैनामैनाले नगरपालिकाको करिब ५४ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गरेकाे छ।

विज्ञापन

रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न साथी सैनामैनाको आयोजनामा शनिवार आयोजना गरिएको साइकल र्यालीमा तीन क्लवले संयुक्त रुपमा नगरपालिकाको करिब ५४ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गरिएकाे छ।

व्यवस्थापन पक्षबाट संयोजन गरिएको रोट्रयाक्ट क्लव अफ सैनामैनाका अध्यक्ष प्रज्जवल भुसालले जानकारी दिए।

व्यवस्थापन पक्षबाट संयोजन गरिएको रोट्रयाक्ट क्लव अफ सैनामैनाका अध्यक्ष प्रज्जवल भुसालले साइकलयात्रीहरुलाई स्वागत गर्नुका साथै अन्त्य सम्म आवश्यक कार्यहरुको संयोजन गरेका थिए ।

रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष गणेश भुसाल, इनरह्वील क्लव अफ सैनामैना अध्यक्ष मञ्जु ज्ञवाली लगायत रोटरी, रोट्रयाक्ट र इनरह्वीलका पदाधिकारीको सहभागिता रहेकाे चक्रपथ परिक्रमा साइकलयात्रा कार्यक्रममा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करिब ७० व्यक्ति सहभागी रहेका थिए ।

साइकल यात्रीहरुले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिरलगायतका क्षेत्रको अवलोकन गरेको संयोजक गोबिन्द ज्ञवालीले जानकारी दिएका छन ।

नगरपालिकाको करिब ५४ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमाकार्यक्रममा रोट्रयाक्टको तर्फबाट इन्टरनेशनल सर्भिस डाइरेक्टर रिसब बन्जाडेले कार्यक्रमको संयोजन गरेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता