कुमाख गाउँपालिकाले गर्याे उत्कृष्ठ किसान सम्मानित

कुमाख गाउँपालिकाले गर्याे उत्कृष्ठ किसान सम्मानित

असार २८ सल्यान

“किसान नै अन्नदाता किसान नै जीवन दाता ” हाम्रा किसान हाम्राे सम्मान कार्यक्रम अन्तर्गत सल्यानकाे कुमाख गाउँपालिकाले उत्कृष्ठ किसानलाइ आज एक कार्यक्रमका विच सम्मान गरेकाे छ।

विज्ञापन

कुमाख गाउपालिका सल्यानकाे आर्थिक बर्ष ०७७/०७८काे बार्षिक बजेट बाट कृषी व्यवसाय उत्कृष्ट किसानलाइ अध्यक्ष उत्कृष्ठ कृषक पुरस्कारबाट सम्मान गरिएकाे हाे ।

कृषि तथा पशुपंक्षि विकास शाखाले गरेकाे अनुगमन बाट गाउपालिका वडा नं. ६ गोेलकपुरका चन्द्र बहादुर वलीले ६ रोपनी जमिनमा अलैची खेती तथा बराचौरका खिमे बुढाथोकीले व्यवसायीक रुपमा बाख्रा पालन, कृषी नर्सरी, माछा तथा भैसी पालन र तरकारी खेती ब्यबसायिक रुपमा गरेकाे देखिएकाेले चन्द्र बहादुर वली र खिमे बुढालाइ अध्यक्ष उत्कृष्ठ किसान पुरुस्कार जनही नगद राशी रु पचास हजार प्रमाणपत्र र खादाले गाउपालिकाले सम्मान गरेको हो। 

आफ्नै वडाका दुइ जना किसान उत्कृष्ठ हुदा अध्यक्ष विरवल शर्माले भनेः “हाम्रो कुमाख गाउँपालिका कृषि तथा पशुपालनका दृष्टिले उपयुक्त छ अव कृषि ब्यबसायलाई प्रम्परागत साेच र प्रवधिबाट मात्र उत्कृष्ठ गराउन सकिदैन यसका लागी किसानकाे उत्पादनलाइ वजार र जवारीकरण गर्न आबश्यक छ यसका लागी गाउपालिकाले कृषि तथा पशुपालनका उत्जोपादलाइ वजार संग जाेड्न ढुवानीमा थप राहतकाे कार्यक्रम सञ्चालन गरी किसानलाइ सहयाे गर्न गायपालिकाले याेजना बनाउनु गर्ने बताए।

८ जना व्यवसायीक कृषकलाई नगद रु ३० हजारका तथा ६ जना भैसीपालक कृषकलाई नगद रु ३५ हजार प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको कृर्षी विकास शाखाले व्यवसायिक रुपमा कृषी उत्पादन गर्न कृषकमा हौसला मिलोस भनेर यस्तो कार्यक्रम ल्याएको शाखा प्रमुख गंगा वलीले बताइन ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आमाबुबासंग नभएका तथा अरुकाे संरक्षणमा रहेका ४० जना बालबालीकालाइ शैक्षीक सामाग्री पनि बितरण गरिएकाे कार्यक्रममा गाउँपालिकाले उद्यम बिकास कार्यक्रम अन्तरगत सृजनिशल लघुउद्यम समुह र लालीगुरास लघुउद्यम समुह एक/एक वटा तथा मालिका लघुउद्यम समुह कमाख ५ लाइ २ वटा गरि उन्नत जातका ४ वटा बोका सहित बाख्रा पालनको लागि कृषलाई आवश्यक पर्ने औैषधी वितरण पनि बताइएकाे छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता