प्रधानमन्त्री राेजगारका लागि बागचाैरमा ७ करोड बनगाडमा १ लाख १ हजार

प्रधानमन्त्री राेजगारका लागि बागचाैरमा ७ करोड बनगाडमा १ लाख १ हजार

असार १९ सल्यान

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानमाआब ०७८/०७९ काे लागि साढे ३५ करोड बढि बजेट आएको छ ।सल्यानका १० स्थानीय तहलाइ संघीय सरकारले ३५ कराेड २९ लाख ५२ हजार ससर्त अनुदान पठाएको उक्त रकममा सबैभन्दा बढी बागचाैर नगरपालिकालाइ ७ करोड २५ लाख ६५ हजार र बनगाड कुपिन्डे नगरपािलकालाइ १ लाख १ हजार बजेट प्राप्त भएकाे छ।

विज्ञापन

त्यसै गरी दार्मा गाउँपालिकालाइ ६ कराेड ८६ लाख २६ हजार, कालिमाटी गाउँपालिकामा ५ कराेड ६१ लाख १३ हजार, कुमाख गाउँपालिकामा ३ कराेड ९१ लाख ६९ हजार, सिद्ध कुमाखमा २ कराेड ७१ लाख ३८ हजार, शारदामा २ कराेड ३३ लाख ५९ हजार, छत्रेश्वरीमा २ कराेड १५ लाख ७० हजार र कपुरकाेट गाउपालिकालाइ २ कराेड ५ लाख ३७ हजार अनुदान प्राप्त भएकाे छ उक्त अनुदान बजेट बाट कुपिन्डे बाहेक ९ स्थानीय तहका ६ हजार १ सय १७ जनाले रोजगारी पाउने भएका छन् ।


प्रधानमन्त्री राेजगारका लागी सल्यानका ३० हजार ६ सय ७५ जनाको बेरोजगारको सूचीमा नाम सूचीकृत भएको छ । जसमा बनगाड कुपिण्डे नगरपालिकाले एक जना जना बेराेजगारकाे पनि काम सुचीकृत गराएकाे देखिदैन
प्रधानमन्त्री राेजगार कार्यक्रमका लागि देशभरमा सबैभन्दा धेरै बजेट पाउनेमा बागचाैर नगरपालिका पहिलाे र दार्मा गाउँपालिका दाेस्राे बनेका छन् ।