कुमाख गाउँपालिका सल्यानले ल्यायाे ४६ करोड ५० लाख २ हजार काे बजेट
सल्यानको कुमाख गाउँपालिकाले आर्थिक बर्ष ०७८/ ०७९ का लागि ४६ करोड भन्दा बढिको बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसीले दशौं गाउँसभामा गाउँपालिकाका तर्फबाट शनिबार ४६ करोड ५० लाख २ हजारको अनुमानित बजेट विनियोजन गरेका हुन ।
जसमा संघिय सरकार बाट प्राप्त हुने सशर्तको १९ करोड ३९ लाख, समानिकरणको १० करोड १५ लाख, राजश्व बाँडफाँडको ८ करोड २० लाख २३ हजार, सशर्त पुँजिगतको १ करोड ७ लाख, समपुरक ४२ लाख र बिशेष १ करोड ५७ लाख गरी जम्मा ४० करोड ८० लाख २३ हजार रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित आयमा सशर्तको १ करोड १८ लाख ८ हजार, समानिकरणको १ करोड ७ लाख ७१ हजार, समपुरक १ करोडा ५५ लाख र बिशेष ४० लाख गरी जम्मा ४ करोड २० लाख ७९ हजार रहेको छ । त्यस्तै गाउँपालिकाको आन्तरिकबाट गत बर्षको मौज्दात १ करोड र राजश्व ४९ लाख गरी १ करोड ४९ लाख रहेको छ ।
कृषी, स्वास्थ्य, पशु विकास, महिला विकास, शिक्षा, कोभिड १९ व्यवस्थापन, विपद, मर्मत सम्भार, अनुसन्धान, रोजगार, शहिद परिवार सामाजिक सुरक्षा, अभिनन्दन, न्यायिक समिति, कला संस्कृती, खेलदकुद, आयुर्वेद, घाइते अपाङ्गमुखी कार्यक्रमका लागि गाउँपालिकाले ५ करोड ३३ लाख रकम विनियोजन गरेको छ ।

२ करोडको लागतमा हिले तुरतुरे, वडाचौर पिमाकाटिया, परिकाँडा राम्री, तिमिले खोरेखोला त्वालद्वारी, झारकाँडा, तिमिलकाँडा नेटा, वोहोरागाउँ, च्युराटाकुरा कोटनाउला, शेराडाँडा, भण्डारखोला, सिमपाखा, बस्नेतज्युला, पोखरा, पाटेखोला, साधनमुढा, भितिवन, नैनथाला, नेटा , वारुले कैलकाँडा, रुमालगाउ, आसपासमा विद्युत लाइन विस्तार गरिने पनि बजेटमा भनिएको छ ।
त्यस्तै १ र ५ नं वडा र विभिनन विद्यालयका भवन निर्माणका लागि १ करोड २५ लाख विनियोजन गरिएको छ । लक्षित बर्ग तर्फ वडा समितिले कार्यक्रम छनौट गरि ल्याउने गरि सबै भन्दा ठुलो वडा ३ नंमा वडामा ८ लाख र अन्य सबै वडामा ७ लाख गरी जम्मा ५० लाख विनियोजन गरिएको छ ।
सडक निर्माण तर्फ १ करोड ५० लाख विनियोजन गरिएको छ । जसमा गाउँपालिकाको ठुलो योजना सुगुरपोखरी देखी सेरिपाटा जोड्ने सडक हुनेछ र जसलाई १५ लाख विनियोजन गरिएको छ । यस्तै अन्य वडामा पनि विभिन्न सडक निर्माण गरिनेछ ।
गाउँसभाबाट खानेपानि निर्मााण तर्फ १ करोड विनियोजन गरिएको छ भने सिंचाई निर्माण तर्फ ९० लाख विनियोजन गरिएको छ ।
पर्यटन विकास तर्पm १५ लाख छुट्याई कोट भगवती मन्दिर मर्मत, भुवनेश्वर गुफा मर्मत, मर्मकोट मन्दिर निर्माण, ४ नं मा वडा कार्यालयमा चौतारी निर्माण र वनगाउँ वस्नेतज्युला शिव मन्दिर निर्माण, ५ मा विजयकोट मन्दिर मर्मत ६ मा भगवति मन्दिरमा मुर्ति निर्माणका साथै ७ नं वडामा कुमाख पैदल मार्ग निर्माण गरिने
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा