ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
गंगादेव ३का वडा अध्यक्ष ओली उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

गंगादेव ३का वडा अध्यक्ष ओली उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

असार १९

रोल्पाको गंगादेव गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष लोकमान ओली उत्कृष्ट पशुपालक कृषककोरुपमा सम्मानित  हुनुभएको छ।

विज्ञापन

भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट कृषक लोकमान ओली सहित ४ जना पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मानित गरेको हो ।

सर्वोत्कृष्ट कृषक तथा गंगादेव गाँउपालिका वडा नं ३ जिनाबाङका वडाअध्यक्ष लोकमान ओलीले माउ र पाठापाठी गरेर ३ सय ५० बाख्रा पालेका छन् ।

उनी जिल्लामा व्यावसायिक रूपमा बढी बाख्रा पाल्ने एक्ला कृषक हुन् । २०७९ मा सम्पन्न स्थानिय निर्वाचनमा ओलीले नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा विजय प्राप्त गरेका थिए भने २०७४ स्थानिय निर्वाचनवाट गंगादेवमा सर्बोकृष्ट मत प्राप्तगरि जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए ।

उनि सगै सम्मानित हुनेमा नुवागाउँका घर्तीमगरले जिल्लामै ठूलो बंगुरपालन संचालन गरेका छन् ।

उनीसँग करिब ५० माउ बंगुर छन् । मिझिङकी लतादेवीले दुर्गममा पनि व्यावसायिक भैंसीपालन गरेकी छन्  र गाईपालक रोल्पा नगरपालिका-६ कोटगाउँकी अनकुमारी घर्ती मगर छन ।

जिल्लाभरका पशुपालक कृषकमध्ये छानिएका उत्कृष्ट ब्यवसाहिक कृषकलाई सम्मानित गरिएको पशु सेवा विज्ञ केन्द्र प्रमुख डा शंकर न्यौपानेले बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता