ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दार्मामा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम 

दार्मामा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम 

जेठ १३ सल्यान

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आयोजित १० दिने आधारभुत तालिम आज एक कार्यक्रमका विच समापन गरिएको छ ।

विज्ञापन

दार्मा  गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय सल्यानको संयुक्त  आयोजनामा संचालित १० दिने आधारभूत  तालिम दार्मा  गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका विच समापन गरिएको हो ।

१० दिने आधारभूत तालिममा प्राथमिक स्वास्थ्य सेवा, पोषण, मातृ शिशु स्वास्थ्य, सरसफाइ, सर्ने रोग तथा नसर्ने रोग व्यवस्थापन, तथ्यांक रिपोर्ट लगाएतका विषयमा ज्ञान, सीप प्रदान गरिएको छ।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले प्रशिक्षार्थीहरुलाई  प्रमाणपत्र तथा किटबक्स, झोला, छाता लगाएतका सामग्री वितरण  गर्नुभएको थियोे ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता