संचार माध्यममा आवद्ध पत्रकारहरुको संयुक्त टोलीले सल्यानका ४ स्थानीय सरकारलाई ध्यानाकर्षण
बैशाख २४
जनताको सूचना पाउने अधिकार, पत्रकारिताको मर्यादा र सञ्चारमाध्यमको दिगो विकासप्रति प्रतिबद्ध रहँदै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आज सल्यानका ४ स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका जिल्ला अध्यक्ष डिल्लीराज रावतको नेतृत्वमा उपाध्यक्ष शिब डाँगी, सचिब बुद्धि पुन, सहसचिव खेमराज स्वर्णकार, कोषाध्यक्ष खकेन्द्र केसी सहितको जिल्लाको टोली र पालिकामै रहनु रहनु भएका तथा विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुको संयुक्त टोलीले ध्यानाकर्षण पत्र बुझाइएको छ ।
१. कपुरकोट गाउँपालिकामा अध्यक्ष दुर्गा बहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, सूचना अधिकारी, लेखा प्रमुखहरुलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरियो । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष पुनले पत्रकारिताको धर्म र मर्म अनुसार पत्रकारले कलम चलाउदै आएको बताउँंदै अबका दिनमा पनि समन्वय र सहकार्य निरन्तर हुने बताउनुभयो ।
२. त्रिबेणी गाउँपालिकामा अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का (पुन), प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, वडाअध्यक्ष, सूचना अधिकारी, लेखा प्रमुख सहितलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरियो । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष रावतले गाउँपालिकाले पत्रकार तथा संचारकर्मीसंग समन्वय र सहकार्य गर्दै आएकोले अझै रचनात्मक साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
३. कालिमाटी गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष सनसिल्ता वली (डिसी), वडाअध्यक्ष तथा विभिन्न शाखा प्रमुखहरुलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरियो ।
ध्यानाकर्षण पत्र बुझ्दै उपाध्यक्ष वलीले जिल्लाको टाढाको गाउँपालिका भएकाले बिगतमा सोचे अनुसारको सहकार्य हुन नसकेको भएपनि अबका दिनमा समन्वय, सहकार्य र सहअस्तित्वलाई अघि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
४. बन्गाड कुपिण्डे नगरपालिकामा नगरप्रमुख कर्ण बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, शाखा प्रमुखहरुलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरियो । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बुढाथोकीले पत्रकार र पत्रकारिताका नाममा पित पत्रकारिता गर्ने क्रम बढेको अवस्थामा जिल्ला शाखाले उठान गरेको बिषय समय सान्दर्भिक भएको बताउनुभयो ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा