ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
शारदामा जलवायु मैत्री दुई दिने घरबारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

शारदामा जलवायु मैत्री दुई दिने घरबारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

१९ असार, सल्यान

सल्यानकाे शारदा नगरपालिकामा दुई दिने जलवायुमैत्री घरबारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ।

विज्ञापन

शारदा नगरपालिका सल्यानकाे आयाेजनामा सञ्चालन गरिएको दुई दिने जलवायुमैत्री घरबारी व्यवस्थापन सम्बन्धि तालिम शारदा नगरपालिकाकाकाे सभा हलमा सम्पन्न भएको हाे।

नगर प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई करेसाबारी व्यवस्थापन, जैविक मल उत्पादन तथा प्रयोग, जलवायु परिवर्तनअनुकूल घरबगैंचा सञ्चालन, नर्सरी व्यवस्थापन, घडेरी व्यवस्थापन, रोग तथा किराविरुद्ध प्रतिरोधी स्थानीय प्रजातिको संरक्षण तथा फोहोरपानीको पुनःप्रयोगलगायतका विषयका प्रशिक्षण गरिएको थियो।


तालिममा कृषि शाखा प्रमुख कविराज ज्ञवाली र कृषि सहजकर्ता कृष्णबहादुर वलीले सहजीकरण गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण तथा कृषि उत्पादन वृद्धि गर्ने उपायबारे विस्तृत जानकारी गराउनुभएको थियो।

समापन कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारीले जलवायुमैत्री दिगाे कृषि विकासलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताउनुभयो ।

अहिले किसानहरु जलवायु परिवर्तनको प्रत्यक्ष जाेखिममा खेती प्रणाली गरिरहनुभएकाे छ।
यसका लागि जलवायु अनुकुलका उपायहरू सुक्का माैसममा उत्पादन हुने जातका अन्नबाली तथा रैथाने खेती प्रणालीकाे साटाे बेमौसमी तथा माैसमी खेती प्रणालीमा जाेड दिन आग्रह गर्नुभयो ।

जलवायु परिवर्तन न्युनिकरण हुदैन यसलाई अनुकुल गर्न सके मात्रै हाम्रा खेती प्रणाली जलवायु मैत्री हुने सुझाव दिनु भयो ।

स्थानीय कृषकको ज्ञान, सीप र उत्पादन क्षमता अभिवृद्धि गर्दै जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहयोग पुग्ने उदेश्य राखिएको कार्यक्रमकाे सहजीकरण लक परियोजनाका परियोजना अधिकृत निमराज केसीले गर्नुभएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता