ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सुनौलो हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन बाख्रा  वितरण

सुनौलो हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन बाख्रा वितरण

असार १९,सल्यान 

सल्यानको त्रिवेणी गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन भन्दै बाख्रा वितण गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक ससर्त बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनोला हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन भन्दै ५६ बाख्रा वितरण गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

विज्ञापन

प्रगतिशिल महिला समूहका २८ सुनौलो हजार दिनका आमाहरुलाई ५६ वटा बाख्रा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनु भयो ।
आर्थिक अभावमा पोषण युक्त खानेकुरा उपभोगबाट बञ्चित आमाहरुका लागि पोषणमा सुधार ल्याउन यसबाट मद्यत पुग्ने त्रिवेणी गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले बताउनु भयो ।

बच्चाको मानसिक विकास २ वर्षको उमेरसम्म ८० प्रतिशतले विकास हुुने हुँदा गर्भ रहेदेखि बच्चाको उमेर २ वर्षभित्र आमा र बच्चा दुवैलाई अत्यन्तै स्याहार गर्नुपर्ने उहाँको भनाई छ । गर्भमा ५० प्रतिशतले र जन्मपश्चात २ वर्षभित्र ३० प्रतिशत गरि २ वर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक विकास हुन्छ ।  त्यसै कारणले यो समय अवधिमा आमाहरुको खानपानसम्बन्धी ध्यान दिनुपर्दछ उहाँले भन्नु भयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता