कृषि विकास कार्यालय सल्यानद्वारा संचालित आयोजनाहरुको संयुक्त अनुगमन सम्पन्न
नोखिराम थापा, सल्यान, १३ असार ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा कृषि क्षेत्रको समग्र विकासका लागि सञ्चालन गरिएका विभिन्न योजना तथा परियोजनाहरुको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला कृषि विकास कार्यालय, सल्यानले संयुक्त अनुगमन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालयका अनुसार यस वर्ष सिचाइ कुलो निर्माण, सिचाइ ट्याङ्की निर्माण, सुन्तला, कागती बिरुवा वितरण तथा संरक्षण, चाख्लाबन्दी प्रणाली स्थापनासहित भकारो सुधार जस्ता क्रियाकलापहरु सञ्चालनमा गरिएको कार्यालयले जनाएको छ।
योजनाहरुको कार्यान्वयनकाे अवस्था,प्रभाव तथा लक्षित समुदायको पहुँच सुनिश्चित गर्न कार्यालयले शुक्रबार स्थलगत संयुक्त अनुगमन सम्पन्न गरेकाे छ।
अनुगमनका क्रममा जिल्लाको शारदा नगरपालिका वडा नं.७ कुरलमा निर्माण गरिएको साना सिचाइ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्राालय कृृषिविकास निर्देशनालय कृषि विकास कार्यालय सल्यानकाे अनुदान रकम रु ३ लाख ३३ हजार २ सय ६० र अनुदानग्राहीको सहभागितामा निर्माण गरिएको लामागार सिंचाई कुलो योजना, शिद्धकुमाख गाउँपालिका वडा नं.२ मा रहेको ४ लाख ७६ हजार ४ सय २९ अनुदानमा निमार्ण भएको बिच सिंचाई कुलो योजना र शिद्धकुमाख गाउँपालिका वडा नं.१ पटारेमा कार्यालयको ५ लाख अनुदानमा निमार्ण गरिएको कराने सिंचाई कुलो योजनाकाे अनुगमन गरिएको हाे।
खाद्यान्न उत्पादनमा वृद्धि गर्न सिंचाइ सुविधाको अभावमा सुक्खा खेतमा निर्भर रहेका किसानहरू अब आधुनिक सिचाइ प्रणालीबाट लाभान्वित हुने भएका छन् ।
उपभोक्ताहरुले भने “पहिले पानीको अभावमा धान, गहुँ, मकैजस्ता बाली लगाउन कठिन हुन्थ्यो । अब पक्की कुलो बनेपछि खेती गर्न सहज हुने भयो । हामी धेरै खुसी छौं ।”
त्यस्तै कृषि बिकास कार्यलय सल्यानको अनुदान रु ५ लाखमा बागचौर नगरपालिका वडा नं.७ निर्माण गरिएको मेलटाकुरी घर्तिगाउँ सिंचाई ट्याङकी योजना, बागचौर न.पा वडा ७ मा रहेको चाक्लाबन्दी खेति प्रवर्दन कार्यक्रम कृषि बिकास कार्यलय सल्यानको अनुदान रु ५ लाख ६ हजार ७ सय ५० मा निर्माण गरिएको (कागती बिरुवा चाक्लाबन्दी) योजना र बाँझो जमिनमा तरकारी तथा अन्य खेति कार्यक्रममा अनुदान सहयोग कार्यक्रम अन्तर्गत बागचौर नगरपालिका वडा नं.९ डाँगी गाउँमा सुन्तला खेती अनुगमन गरिएको छ ।
त्यस्तै बागचौर नगरपालिका वडा नं ९ मा निर्माण गरिएका २ वटा भकारो सुधार योजाना, किबी खेती चाक्लाबन्दी लगायतका योजनाहरुको अनुगमन गरीएको छ ।
कृषि बिकास कार्यालयको आर्थिक सहयोग र उपभोक्ता समितिको सक्रिय सहभागितामो योजना निर्माण सम्पन्न गरिएको हो ।
सिचाइ कुलो तथा सिंचाई ट्याङकी निर्माणसँगै अब कृषकहरू बाली विविधिकरण र व्यावसायिक खेतीतर्फ आकर्षित हुने आशा गरिएको छ । यसले गाउँमा खाद्य सुरक्षाको सुनिश्चितता र आर्थिक समृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको कृषि बिकास कार्यलय सल्यानका सुचना अधिकारी ईश्वरी नारायण घर्तीले जानकारी दिनु भयो ।
घर्तीले सिंचाइ सुविधा कृषि उत्पादन वृद्धिको आधार भएको बताउँदै आगामी वर्षहरूमा जिल्लाका अन्य ठाउँहरुमा पनि यस्तै कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो ।
अनुगमनको उद्देश्य योजनाहरु निर्धारित मापदण्ड अनुसार कार्यान्वयनमा आएका छन् वा छैनन् भन्ने कुरा यकिन गर्नु, किसानहरुको प्रत्यक्ष प्रतिक्रिया लिने, सम्भावित समस्या पहिचान गर्ने तथा आगामी दिनमा अझ प्रभावकारी योजना निर्माणका लागि आधार तयार गर्नु रहेको सुचना अधिकारी घर्तीले जानकारी दिनुभयो ।
“हामीले योजना बनाउने मात्रै होइन, कार्यान्वयनको गुणस्तर पनि हेर्नुपर्छ । सिचाइ ट्याङ्कीले कृषकको सिँचाइ आवश्यकतामा कस्तो असर पारेको छ, सुन्तला,कागती खेतीका लागि उपलब्ध गराइएको बिरुवाले व्यावसायिक उत्पादनमा टेवा पुर्याएको छ कि छैन भन्ने कुरा बुझ्न हामी अनुगमनमा गएका हौँ,” कृषि बिकास कार्यालय सल्यानका प्राबिधिक साहयक बसन्त रेग्मीले भन्नुभयो ।
कार्यालयले अनुगमन प्रतिवेदनको आधारमा आगामी योजना तथा बजेट तर्जुमा गर्ने, प्राविधिक सुधार गर्ने र किसानलाई अझ प्रभावकारी रूपमा सेवा पुर्याउन सहयोग पुग्ने प्राबिधिक साहयक रेग्मीले जानकारी गराउनु भयो ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितीका प्रमख बेलाराम रावल, उपप्रमुख असबिर बुढाथोकी, जि.स अधिकारी राजन घिमिरे,शाखा अधिकृत निम बहादुर वली, जिल्ला समन्वय समितीका सदस्य वाल कृष्ण भण्डारीको सहभागिता रहेको थियो । त्यस्तै प्राधनमन्त्रि कृषि आधुनिकीकरण परियोजना सल्यानका कार्यलय प्रमुख केशव बस्नेत , कृषि बिकाश कार्यालय सल्यानका कृषि अधिकृत ईश्वरी नारायण घर्ती, प्रा.स बसन्त रेग्मी,सब ईन्जिनियर बिक्की बाबु बुढाथोकी, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यनका प्र.स सर्मिला बुढाथोकी, पत्रकार अंमृतबाबु बुढाथोकी, नोखिराम थापा र जिल्ला समन्वय समितीका सचिवालय गजेन्द्र बहादुर के.सी लगायतको सहभागिता रहेको थियो ।
#कृषि विकास कार्यालय सल्यानद्वारा संचालित आयोजनाहरुको संयुक्त अनुगमन सम्पन्नसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा