नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई गितार उपहार दिएकाछन् ।


बुधबार बिहान करणलाई आफ्नो निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले नेपाल आइडल विजेता बनेकोमा बधाइ दिँदै गितार उपहार दिएका हुन् ।

विज्ञापन

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।


सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।