आहुतिको नयाँ गीत ‘आऊ सँगसँगै’ सार्वजनिक हुँदै

आहुतिको नयाँ गीत ‘आऊ सँगसँगै’ सार्वजनिक हुँदै

असार ३ काठमाडौं 

वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका महासचिव आहुतिको ‘फूलहरू आऊ सँगसँगै’ बोलको नयाँ गीत बजारमा आउने भएको छ ।

विज्ञापन

असार ४ गते शनिबार राती ८ बजे थाहायात्रा युट्युव च्यानलमार्फत् उक्त गीत सार्वजनिक हुने भएको छ । आहुतिको रचना तथा संगित रहेको सो गीतमा खेमलाल विश्वकर्मा, मोहन मगर, पुष्कर सुनुवार, बिमला परियार, अनुमा चौधरी र समृद्धि परियारको स्वर रहेको छ । मेलोडी नेपाल स्टुडियोले उत्पादन गरेको उक्त गितको एरेन्ज/मिक्स/मास्टर पुष्कर सुनुवारले गर्नुभएको हो ।

समाजमा रहेका असमानता र विभेदहरू एक्लै होइन ‘सँगसँगै’ मिलेर हटाउनुपर्नेमा गीतले जोड दिएको छ । अन्याय, अत्याचार र बेथितीका बिरुद्ध सबै एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने गीतको भाव रहेको छ । सारा बाधा अड्चनहरु भत्काएर गरिखाने श्रमजीवि वर्गले आफ्नो दुःखको आँशु र सुखको हाँसो दुबैलाई ज्वालामुखी झै बनाउनु पर्ने अनि मात्र टाढाको समाजवादी लक्ष्य भेट्न सकिने भन्दै एक्लै यी कुराहरू हटाउन नसकिने भएकाले सँगसँगै अघि बढ्नुपर्ने सन्देश यस गीतमार्फत् आहुतिले दिएका छन् । साभार थाहायात्रा अनलाइबाट

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता