सडक दुर्घटनामा परि पत्रकार कंडेलकाे मृत्यु

कार्तिक ३ रूपन्देही

सडक दुर्घटनामा परि पत्रकार कँडेल मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देही सैनामैना नगरपालिका-१ रानीबगिया घर भई हाल बुटवल बस्दै आएका ३६ वर्षीय एनबी कंडेल भनिने नर बहादुर कँडेलकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

शुक्रबार बेलुका तिलोत्तमा नगरपालिका -२ जानकी नगर स्थित सिद्धार्थ  राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकलमा सवार कँडेललाई सोही दिशातर्फ जाँदै गरेको लु १ क ५२७६ नम्बरको ट्रकले ठक्कर दिँदा  गम्भीर घाइते भएका कंडेलकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हाे।

उनकाे शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

कंडेल रुपन्देहीबाट सञ्चालित अनलाइन पत्रिका ग्लोबल आवाज डटकममा सम्पादक हुन।