जनप्रतिनिधिसँग जनताको अपेक्षा ?

जनप्रतिनिधिसँग जनताको अपेक्षा ?

असार ३ सल्यान

नेपालमा गणतन्त्र स्थापना भए पछि दोश्रो पटक २०७९ वैशाख ३० गते स्थानीय तहको निर्बाचन सम्पन्न भएको छ । निर्वाचन पछि गणतन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको नयाँ कार्यकाल सुरु भएको छ ।

विज्ञापन

जनताको घर आँगनमा स्थानीय सरकार भन्ने अवधारणा बोकेको स्थानीय तह समाजवादी अभ्यासको पहिलो जग हो । यो अभ्यासलाई सफल पार्न हामी सवै नागरिकको सकारात्मक र रचनात्मक भूमिका रहनु पर्दछ । स्थानीय निर्बाचनबाट निर्वाचित जनप्रतिधिहरुले जनताको अपार मायाँ र विश्वास प्राप्त गर्नु भएको छ । जनताको मन र अमूल्य मतले विजयी हुने सम्पूर्ण जनप्रतिनिधीहरुलाई हार्दिक वधाई छ ।

चुनावका वेला पार्टीको प्रतिनिधि भएर लोकतान्त्रिक अभ्यासबाट चुनिएका जनप्रतिनिधिहरु निर्बाचन पछि सवैका साझा भएका छ्न । चुनाव जितिसकेको जनप्रतिनिधी कुनै पार्टीको सक्रिय भूमिकामा रहनुहुँदैन । जनप्रतिनिधीले शासक नभै जनताको सेवक बनेर काम गर्नु पर्दछ । जनताको साझा व्यक्तित्व भएकोले असल अविभावकको भूमिकामा रहनु पर्दछ । निर्वाचनका समयमा सार्वजनिक गरेका संकल्पहरुलाई जनताले अनुमोदन गरेका छन ।

पालिकाको अवस्था वदल्ने जिम्मेवारी र महत्वपूर्ण अवसरका लागि सबै जनप्रतिनिधीज्यूहरुलाई वधाई छ । नेतृत्वले नागरिकहरुको दैनिकी सहज हुने गरि काम गर्नु पर्दछ । जनप्रतिनिधीहरुले आफ्नो कार्यकालमा परम्परागत अड्डा जमाउनेमा भन्दा पनि गुणस्तरीय विकासका लागि नविन विधि, प्रणाली र पृथक कार्यशैली अपनाउनु आवश्यक छ । त्यसैले जनताको बीचमा सार्वजनिक गरेका संकल्पहरु पुरा गर्न यो नेतृत्वलाई सफलता प्राप्त हुनेमा विश्वास छ । जनतालाई डोहोरयाउने काममा नेताले नेतृत्व गर्नु पर्दछ ।

विकास के, किन, कस्तो र कसरी भन्ने कुराको फैसला गर्ने जिम्मा जनतालाई सुम्पिनु पर्दछ । विकास जनताले खोजेको र रोजेको जस्तो हुनु पर्दछ । त्यसका लागि जनप्रतिनिधीले जनतासंग विकासका लागि खुल्ला वहस र अन्तरक्रियाहरु संचालन गर्नु पर्दछ । जनतालाई नै जिम्मेवार वनाउने र जनताले नै स्वामित्व ग्रहण गर्ने गरि सहभागितामूलक तरिकाले विकास गरेमा सामूहिक जवाफदेहिता बढ्ने छ र दिगो विकासको मर्म पूरा हुनेछ

आगामी पाँच बर्षका लागि स्थानीय तहमा परिपक्क, सवल र सक्षम नेतृत्व आएको छ । हामी चाहन्छौ जनताले अनुभूती गर्ने गरी विकास, सुशासन र समृद्धिको सपना साकार पार्न यो नेतृत्व सफल होस । निवर्तमान जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा अघि वढाएका महत्वपूर्ण काम र अनुभवको जगमा उभिएर काम अगाडी वढाउँदा नयाँ नेतृत्वलाई सजिलो हुने छ । जनताले आदर, सम्मान र मुस्कान सहित द्रुत सेवाको अपेक्षा गरेका छन । जनप्रतिनिधीहरुले जनताका आकाँक्षाहरुको सम्वोधन गर्न सक्नु पर्दछ ।

जनकेन्द्रित विकास अवधारणालाई नेतृत्वले व्यवहारमै अवलम्वन गर्नु पर्दछ । विकास जनताको अधिकार हो सरकारको जिम्मेवारी हो तर विकास नेताको निगाह होईन । नेता र जनताले आफ्नो अधिकार, कर्तव्य र भूमिकालाई विर्सनु हुँदैन । जनप्रतिनिधीहरु अब एउटा दलको प्रतिनिधि होईन साझा जनप्रतिनिधिको भूमिकामा रहेर सेवाग्राहीलाई छिटो र छरितो सेवा दिनुपर्दछ ।

दलिय संकीर्णता, आग्रह र पूर्बाग्रहबाट माथी उठेर स्थानीय तहमा भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासका लागि सहभागीमूलक विकास पद्धति अनुसार सबै सरोकारवालाहरुसंग हातेमालो गरेर अघि बढेमा योजना निर्माण र कार्यान्वयन प्रक्रिया सहज र सफल हुने छ । स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा काम गर्नु जनप्रतिनिधिहरुको दायित्व हो

समुदायको विकासको स्वामित्व समुदायले नै लिने र समुदाय नै स्वयं जवाफदेही हुने विकास प्रक्रियाले मात्र संचालित गतिविधिहरु समुदायमैत्री, दिगो र प्रभावकारी हुने छन् । विधिको शासन, पारदर्शिता,जवाफदेहीता र सहभागिता जस्ता सुशासन स्थापनाका महत्वपूर्ण पक्षहरुलाई व्यवहारमा उतार्न सकेको खण्डमा आम जनसमुदायबाट सहयोग, स्वामित्व, सहभागिता र समर्थन प्राप्त गर्न सकिने छ ।

राज्य पुर्नसंरचना भई स्थानीय तहले जनप्रतिनिधिहरु पाए पछि जनताले विकासको अनुभुति गर्न थालेका छन आगामी पाँच वर्ष भित्र नेतृत्वले गर्नु पर्ने कामहरु निर्वाचनका समयमा सार्वजनिक गरेका प्रतिवद्धता पत्रहरुमा स्पष्ट छन । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, यातायात, भरपर्दो संचार सुविधा, कृषिजन्य र पशुपंक्षीजन्य उत्पादनमा बृद्धि, उद्यमशीलता विकास, युवाहरु विदेश पलायन, वाल विवाह, जीविकोपार्जन सुधार, मानविय चेतना बृद्धि, प्रकोप पूर्वतयारी, जलवायु परिवर्तको प्रभाव, जाति र लिंङ्ग भेद लगायत जनसरोकारका जल्दावल्दा स्थानीय सवालहरुको सम्बोधन गर्न यो नेतृत्व सफल रहनु पर्दछ ।

ठूला र अनुत्पादक योजना भन्दा संविधानका मौलिक हकले प्रत्याभूत गरेको अधिकारमा आधारित उत्पादनमूलक, रोजगारमूलक र वातावरणमैत्री विकास आजको पहिलो आवश्यकता हो । ठूला र अमूर्त नाराबाट होईन, साना साना कामबाट पनि जनतालाई सुविधा दिन सकिन्छ । यो नेतृत्वले परम्परागत विकास प्रक्रियामा केही नविन सोँच, शैली र संस्कार बसाल्नु पर्ने समय आएको छ । जनप्रतिनिधीले भिजन देख्ने, रणनीति बनाउने, लक्ष र उद्देश्य पुरा गर्न रोडम्याप तयार गर्ने र समृद्ध पालिका निर्माणका लागि समन्वयकारी भूमिका खेल्नुपर्छ ।

सामाजिक विकासको क्षेत्रमा कार्यरत संस्थाहरुले सरकारले अघि बढाएका समृद्धिका सपनाहरु पुरा गर्नका लागि विकास साझेदारको रुपमा बिगत देखि योगदान गर्दै आएका छौँ । विपन्न गाउँ र वस्तीहरुमा समूह निर्माण गरेर सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर सामाजिक जागरणद्धारा समुदायको समग्र विकास अभियानलाई अघि बढाइरहेको कुरा सबैलाई विदितै छ ।

नमूना पालिका निर्माण गर्नका लागि नयाँ नेतृत्वलाई निरन्तर साथ दिने र रचनात्मक सहयोग गर्ने कुरामा हामी सामाजिक संस्थाहरु प्रतिवद्ध छौ । रचनात्मक कामका लागि नागरिक समाजका तर नेपालमा गणतन्त्र स्थापना भए पछि दोश्रो पटक यही २०७९ वैशाख ३० गते स्थानीय तहको निर्बाचन सम्पन्न भएको छ । निर्वाचन पछि गणतन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको नयाँ कार्यकाल सुरु भएको छ ।

जनताको घर आँगनमा स्थानीय सरकार भन्ने अवधारणा बोकेको स्थानीय तह समाजवादी अभ्यासको पहिलो जग हो । यो अभ्यासलाई सफल पार्न हामी सवै नागरिकको सकारात्मक र रचनात्मक भूमिका रहनु पर्दछ ।

चुनावका वेला पार्टीको प्रतिनिधि भएर लोकतान्त्रिक अभ्यासबाट चुनिएका जनप्रतिनिधिहरु निर्बाचन पछि सवैका साझा भएका छ्न । चुनाव जितिसकेको जनप्रतिनिधी कुनै पार्टीको सक्रिय भूमिकामा रहनुहुँदैन । जनप्रतिनिधिले शासक नभै जनताको सेवक बनेर काम गर्नु पर्दछ । जनताको साझा व्यक्तित्व भएकोले असल अविभावकको भूमिकामा रहनु पर्दछ । निर्वाचनका समयमा सार्वजनिक गरेका संकल्पहरुलाई जनताले अनुमोदन गरेका छन ।

पालिकाको अवस्था वदल्ने जिम्मेवारी र महत्वपूर्ण अवसरका लागि सबै जनप्रतिनिधीज्यूहरुलाई हार्दिक वधाई छ । नेतृत्वले नागरिकहरुको दैनिकी सहज हुने गरि काम गर्नु पर्दछ । जनप्रतिनिधीहरुले आफ्नो कार्यकालमा परम्परागत अड्डा जमाउनेमा भन्दा पनि गुणस्तरीय विकासका लागि नविन विधि, प्रणाली र पृथक कार्यशैली अपनाउनु आवश्यक छ । जनतालाई डोहोरयाउने काममा नेताले नेतृत्व गर्नु पर्दछ ।

विकास के, किन, कस्तो र कसरी भन्ने कुराको फैसला गर्ने जिम्मा जनतालाई सुम्पिनु पर्दछ । विकास जनताले खोजेको र रोजेको जस्तो हुनु पर्दछ । त्यसका लागि जनप्रतिनिधिले जनतासँग विकासका लागि खुल्ला बहस र अन्तत्र्रिmयाहरु सञ्चालन गर्नु पर्दछ । जनतालाई नै जिम्मेवार बनाउने र जनताले नै स्वामित्व ग्रहण गर्ने गरी सहभागितामूलक तरिकाले विकास गरेमा सामूहिक जवाफदेहिता बढ्ने छ र दीगो विकासको मर्म पुरा हुने छ ।

आगामी पाँच बर्षका लागि स्थानीय तहमा परिपक्क, सवल र सक्षम नेतृत्व आएको छ । हामी चाहन्छौ जनताले अनुभूति गर्ने गरी विकास, सुशासन र समृद्धिको सपना साकार पार्न यो नेतृत्व सफल होस । निवर्तमान जनप्रतिनिधीहरुले आफ्नो कार्यकालमा अघि वढाएका महत्वपूर्ण काम र अनुभवको जगमा उभिएर काम अगाडी वढाउँदा नयाँ नेतृत्वलाई सजिलो हुने छ । जनताले आदर, सम्मान र मुस्कान सहित द्रुत सेवाको अपेक्षा गरेका छन ।

जनप्रतिनिधीहरुले जनताका आकाँक्षाहरुको सम्वोधन गर्न सक्नु पर्दछ । जनकेन्द्रित विकास अवधारणालाई नेतृत्वले व्यवहारमै अवलम्वन गर्नु पर्दछ । विकास जनताको अधिकार हो सरकारको जिम्मेवारी हो तर विकास नेताको निगाह होइन । नेता र जनताले आफ्नो अधिकार, कर्तव्य र भूमिकालाई विर्सनु हुँदैन ।

जनप्रतिनिधिहरु अब एउटा दलको प्रतिनिधि होइन साझा जनप्रतिनिधिको भूमिकामा रहेर सेवाग्राहीलाई छिटो र छरितो सेवा दिनुपर्दछ । दलिय संक्रिणता, आग्रह र पूर्बाग्रहबाट माथी उठेर स्थानीय तहमा भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासका लागि सहभागिमूलक विकास पद्धति अनुसार सबै सरोकारवालाहरुसंग हातेमालो गरेर अघि वढेमा योजना निर्माण र कार्यान्वयन प्रक्रिया सहज र सफल हुने छ । स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा काम गर्नु जनप्रतिनिधिहरुको दायित्व हो ।

समुदायको विकासको स्वामित्व समुदायले नै लिने र समुदाय नै स्वयं जवाफदेही हुने विकास प्रक्रियाले मात्र सञ्चालित गतिविधिहरु समुदायमैत्री, दिगो र प्रभावकारी हुने छन । विधिको शासन, पारदर्शिता, जवाफदेहिता र सहभागिता जस्ता सुशासन स्थापनाका महत्वपूर्ण पक्षहरुलाई व्यवहारमा उतार्न सकेको खण्डमा आम जनसमुदायबाट सहयोग, स्वामित्व, सहभागिता र समर्थन प्राप्त गर्न सकिने छ ।

राज्य पुर्नसंरचना भई स्थानीय तहले जनप्रतिनिधिहरु पाए पछि जनताले विकासको अनुभुति गर्न थालेका छन् आगामी पाँच वर्ष भित्र नेतृत्वले गर्नु पर्ने कामहरु निर्वाचनका समयमा सार्वजनिक गरेका प्रतिवद्धता पत्रहरुमा स्पष्ट छन् ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, यातायात, भरपर्दो संचार सुविधा, कृषिजन्य र पशुपंक्षीजन्य उत्पादनमा बृद्धि, उद्यमशिलता विकास, युवाहरु विदेश पलायन, वाल विवाह, जीविकोपार्जन सुधार, मानविय चेतना बृद्धि, प्रकोप पूर्वतयारी, जलवायु परिवर्तको प्रभाव, जाति र लिंङ्ग भेद लगायत जनसरोकारका जल्दा–बल्दा स्थानीय सवालहरुको सम्बोधन गर्न यो नेतृत्व सफल रहनुपर्दछ ।

ठूला र अनुत्पादक योजना भन्दा संविधानका मौलिक हकले प्रत्याभूत गरेको अधिकारमा आधारित उत्पादनमूलक, रोजगारमूलक र वातावरणमैत्री विकास आजको पहिलो आवश्यकता हो । विपन्न गाउँ र वस्तीहरुमा समूह निर्माण गरेर सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका लागि सचेतनामूलक कार्यक्रमहरु संचालन गरेर सामाजिक जागरणद्धारा समुदायको समग्र विकास अभियानलाई अघि वढाईरहेको कुरा सबैलाई विदितै छ ।

नमूना पालिका निर्माण गर्नका लागि नयाँ नेतृत्वलाई निरन्तर साथ दिने र रचनात्मक सहयोग गर्ने कुरामा हामी सामाजिक संस्थाहरु प्रतिवद्ध छौ । रचनात्मक कामका लागि नागरिक समाजका तर्फबाट स्थानीय संस्था र संगठनहरुले यो नेतृत्वलाई सकरात्मक खवरदारी पनि गरिरहने छौ ।

समाज रुपान्तरणका क्षेत्रमा काम गरिरहेका सामाजिक संस्थाहरुसंग विशिष्ट खालका अभ्यास र अनुभवहरु छन् । सामाजिक संस्थाहरुले आफ्नो विज्ञता अनुसार पालिकाको समृद्धिका लागि योगदान दिईरहेको कुरा बिर्सनु हुँदैन ।

विगतको केही स्थानीय नेतृत्वहरुले सामाजिक संस्थाका प्रयत्नहरुलाई आफ्ना कार्यक्रमसँग जोड्ने सकेनन् । यो नेतृत्वले सामाजिक संस्थाहरुको अनुभव र विज्ञतालाई कदर गर्न सक्नुपर्दछ । राम्रो काम गर्ने संस्थाहरुलाई चिन्ने, बुझने र हेर्ने दृष्टिकोण फराकिलो गराउनु आवश्यक छ । सामाजिक संस्थाहरुले साझा सरोकारका सवालहरुमा स्थानीय सरकारसँग समन्वय, सहकार्य र साझेदारीका लागि उपयुक्त वातावरणको खोजी गरिरहेका छन् ।

भनाइमा मात्र हैन सामाजिक संस्थाहरुलाई विकास साझेदारको रुपमा स्वीकार गरेर समृद्धिको रोडम्याप निर्माण गर्न र योजना कार्यान्वयनमा अर्थपूर्ण तरिकाले सहभागी गराउनुपर्दछ । अघिल्लो कार्यकालका केही स्थानीय नेतृत्वले आफै वजेट छुट्टाउने र आफै ठेकेदार बन्ने लालच देखाउँदा निकै आलोचित भए । अबको नयाँ नेतृत्व त्यो गलत अध्यासबाट अलग रहनुपर्दछ । जसरी हुन्छ निर्वाचन जित्नु मात्र सफलता होईन ।

विकासका एजेण्डाहरु प्रभावकारी रुपमा कार्यान्वयन भएको अवस्थालाई सफल भएको मान्नु पर्दछ जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिनिधिलाई मात्र जनताले पुनः रोज्ने, खोज्ने र निर्वाचित गर्ने गरेका छन । उपलव्ध स्रोत र साधनको अधिकतम् प्रयोग गर्दै आगामी पाँच बर्षभित्र सुशासन, विकास र समृद्धिका सबै सपनाहरु साकार हुनेछन् । नेतृत्वले गुणस्तरीय काम गरेर अझ धेरै जनविश्वास प्राप्त गर्न सफल रहोस सम्पूर्ण जनप्रतिनिधिहरुलाई शुभकामना छ ।

(लेखक सहकर्मी समाजका संस्थागत विकास अधिकृत हुन्)

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता