सल्यानमा बिपद व्यवस्थापन समितिको बैठक सम्पन्नः बिपद प्रतिकार्य योजनामा लाग्न स्थानीय श्रेत साधनको अध्यावधिक गर्ने निर्देशन
जेठ ५ सल्यान
सल्यानमा जिल्ला बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा नजिकैको मनसुनजन्य बिपद व्यवस्थापन सम्बन्धी योजना निर्माण तथा प्रतिकार्यमा लाग्न सल्यान जिल्लाका १० स्थानिय तहका प्रमुख तथा प्रशासकीय अधिकृत र जिल्ला कार्यालयका प्रमुख सहितको उपस्थितिमा बैठक सम्पन्न भएको हो।
बैठकले संभावित बिपद् जोखिमहरूलाई मध्यनजर गर्दै जिल्लाभरि पूर्व तयारी कार्यहरू तीव्र गर्ने निर्णय गरेको छ। बैठकले जिल्लाका १० स्थानीय तहहरूमा बिपद प्रतिकार्यमा लाग्न प्रतिकार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णयसहित सातवटा महत्वपूर्ण निर्णयहरू पारित गरेको हो। बैठकले स्थानीय तहहरूमा उपलब्ध स्रोत साधन, जनशक्तिको सूची संकलन तथा जोखिमयुक्त स्थानको पहिचान गरी त्यसको योजना तयार गर्न निर्देशन गरेको छ।

जिल्लास्तरिय तथा स्थानीय तहका प्रमुख कार्यालयहरूले समन्वय गर्दै आवश्यक सूचना संकलन र व्यवस्थापन गर्ने, विशेष गरी खाद्य भण्डारण, सुरक्षित स्थानको पहिचान तथा उद्धारका तयारिहरूलाई प्राथमिकता दिने बताइएको छ।
मनसुन समयाविधमा वर्षा तथा वाढीजन्य बिपदको पूर्व सूचना प्रकाशनका लागि नेपाल पत्रकार महासंघ मार्फत संचार माध्यामहरूलाइ अनुरोध गर्ने निर्णय गरेको छ।
मानवजन्य समस्या, सवारी साधन व्यवस्थापन, सञ्चार समन्वय, सूचनाको तिव्रता तथा संलग्न निकायहरूको भूमिकालाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा विशेष छलफल भएको थियो।कुपिण्डे नगरपालिका वडा नं. ३ स्थित राती बाढी पहिरोबाट प्रभावित क्षेत्रको तत्काल स्थलगत निरीक्षण गरी आवश्यक राहत तथा उद्धार सामग्रीको व्यवस्था गर्ने निर्णय बैठकमा पारित गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, उपप्रमुख असविर बुढाथोकी लगायत स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख, सबै सुरक्षा निकाय, पत्रकार महासंघ, स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकले विपद् व्यवस्थापन योजना तयार पार्नको लागि कार्यदल गठन गर्ने र आवश्यक निर्णय तत्काल कार्यान्वयनमा ल्याउने निष्कर्ष निकालेको छ।
बैठकले विभिन्न विपदबाट प्रभावित पिडितहरूलाइ ६ लाख ४८ हजार राहत प्रदान गर्ने निर्णय गरेको छ।
#सल्यानमा बिपद व्यवस्थापन समितिको बैठक सम्पन्नः बिपद प्रतिकार्य योजनामा लाग्न स्थानीय श्रेत साधनको अध्यावधिक गर्ने निर्देशन
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा