शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
सल्यान, असार २०
सल्यानको कालिमाटी गाउँपालिका–४ खैरेनीस्थित शारदा नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४ ज्यामिरे निवासी ४६ वर्षीया सीता विक रहेकी छन्। इलाका प्रहरी कार्यालय कालिमाटीका अनुसार शनिबार साँझ धान रोपाइँको काम सकेपछि उनी एक्लै शारदा नदीमा नुहाउन गएकी थिइन्।
धेरै समयसम्म घर नफर्किएपछि उनकी १७ वर्षीया छोरी रुपा सुनार खोज्न जाँदा नदीको किनारमा पानीभित्र घोप्टो परेको अवस्थामा फेला पारेकी थिइन्। त्यसपछि स्थानीयवासीको सहयोगमा उनलाई नदीबाट बाहिर निकालिएको भए पनि घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
घटनाबारे वडा अध्यक्ष बेलबहादुर चन्दले साँझ ५:५० बजे इलाका प्रहरी कार्यालय कालिमाटीलाई जानकारी गराएपछि प्रहरी नायब निरीक्षक मनोजसिंह बोहराको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मृतकका श्रीमान् र एक छोरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन् भने माइती पक्षलाई बर्दियामा खबर गरिसकिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
#शारदा नदीमा डुबेर एक महिलाको मृत्युसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा