ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा बसबाट लड्दा एक यात्रु घाइते

सल्यानमा बसबाट लड्दा एक यात्रु घाइते

सल्यान, असार ८

सल्यानको शारदा नगरपालिका वडा नं २ जोगीदेउ खोला स्थित राप्ती राजमार्गमा बसबाट लडेर एक यात्रु घाइते भएका छन्।

विज्ञापन

मंगलबार बिहान करिब १० बजे सिद्धकुमाख गाउँपालिका वडा नं ५ थापागाउँबाट श्रीनगरतर्फ आउँदै गरेको लु.प्र.०२–००१ ख ०५९९ नम्बरको बस मा सवार शारदा नगरपालिका वडा नं ४ निवासी ४३ वर्षीय राजु बस्नेत बसको ढोकाबाट लडेर घाइते भएका हुन्।

दुर्घटनामा उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते बस्नेतको शारदा मेट्रो अस्पताल, श्रीनगरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
बस चालक दाङको बबई गाउँपालिका वडा नं ७ निवासी ३४ वर्षीय घनश्याम बस्नेत रहेका छन।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सितलपाटी, सल्यानबाट प्रहरी निरीक्षक ईश्वर रोकाय को कमाण्डमा ट्राफिक प्रहरी सहित ७ जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले चालक र बसलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमति पत्र (लाइसेन्स) रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता