ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा ब्यबसायिक बाख्रापालन किसानलाई वाेयर बोका वितरण

सल्यानमा ब्यबसायिक बाख्रापालन किसानलाई वाेयर बोका वितरण

माघ ८ सल्यान

सल्यानमा ब्यबसायिक बाख्रापालन किसान लाइ वाेयर बोका वितरण गरिएको छ।

विज्ञापन

सल्यानमा खसी बोकाको माग बढ्दै गएकाले उन्नत बाख्रापालन ब्यबसाय मार्फत किसानले आम्दानी लिन नसकेको भन्दै त्रिबेनी गाउँपालिका सल्यानले ब्यबसाियक वाख्रापालन किसानलाइ नश्ल सुधार गर्न वोयर बोका वितरण गरेको हो।

सल्यानमा स्थानिय खरी जातका बाख्रा पालन हुदै आएकाले नश्ल सुधार बाट पाठा पाठी उत्पादन बृद्धी गरी ब्यबसायिक बनाउने उदेश्यले पालिकको ५० प्रतिशत १० जना बाख्रापालक कृषकहरुलाई शुक्रवार बोयर जातका बोका वितरण गरिएको हो ।

बाख्रापालक कृषक बढ्दै जाँदा मासुको लागी सल्यान जिल्ला लाइ आत्मनिर्भर बनाउने उद्देश्यका साथ बोका वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।

गाउँपालिकामा बाख्रा पालन किसान बढ्दै गएकाले बाख्रा पालन ब्यबसायलाइ मागका आधारमा आम्दानी मुलक र उत्पादन मुलक बनाउन बोयर जातको बोका वितरण गरिएको शाखाका प्रमुख बसन्त रावतले जानकारी दिए।

गाउँपालिकाको २ लाख रुपैँया वजेट र कृषकको २ लाख रुपैँया गरेर ४ लाख रुपैँयामा १० वटा बोका खरिद गरेर वितरण गरिएको उनको भनाइ छ ।

गाउँपालिका भित्रका बाख्रा पालन ब्यबसायी वडा नं १ का बल बहादुर रोका, सितली बुढाथोकी, रुपलाल थापा, वडा नम्बर २ का जित बहादुर घर्ती, वडा नम्बर ३ का कल्पना राना, यामा योगी, दिपक बोहरा, वडा नम्बर ५ का भावना बोहरा, फौज बहादुर गिरी र लिलमति गिरीलाइ उन्नत जातका बितरण गिएको छ।

कृषकहरुलाई बोका हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी र उपाध्यक्ष करुणा खड्काले कृषकहरुलाई व्यवसायिक बाख्रापालनमा प्रोत्साहन गर्नको लागि उत्पादनका आधारमा कृषक प्रोत्साहन कार्यक्रम अन्र्तगत बार्षिक रुपमा न्युनतम ५ वटा खसी बिक्री गर्ने कृषकलाई प्रति खसी ५ सय रुपैँया प्रोत्साहन बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता