ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
शारदा नगरपालिका द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई फलफूलका विरुवा वितरण

शारदा नगरपालिका द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई फलफूलका विरुवा वितरण

असार २३ सल्यान

शारदा नगरपालिका सल्यान द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई नगदेबाली अन्तर्गत  फलफूलका विरुवा वितरण गरिएको छ।

विज्ञापन

शारदा नगरपालिका सल्यानकाे आर्थिक बर्ष ०८१/०८२ काे कृषि क्षेत्र तर्फकाे विनियोजित बजेटबाट नगरपालिकाले नगरका  वडाहरु -६,७,१३ र १५ मा किसानहरुलाइ नगदे बाली अन्तर्गत फलफूलका  आँप,टिमुर र सुन्तलाका बिरुवा बितरण गरिएको हाे।

 

वडा नम्बर ६ मा नगर प्रमुख प्रकाश भण्डारी र वडा अध्यक्ष भिकराज बुढाथोकी, वडा नम्बर ७ मा उप प्रमुख सुस्मिता सापकोटा, वडा अध्यक्ष लिला बहादुर रोका, वडा नम्बर १३ र १५ मा नगरपालिकाका कृषि प्राबिधिकद्वारा बिरुवा बितरण गरिएको छ।

बाकी वडामा भोलि बिरुवा बितरण गरिने शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभएको छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता