ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
सबै बुवाहरू प्रति सम्मान : सन्तानको अघिल्तिर कोही पिताको शिर नझुकोस्

सबै बुवाहरू प्रति सम्मान : सन्तानको अघिल्तिर कोही पिताको शिर नझुकोस्

दिपा नेपाली, भदाै ११ कामठमाडाै

‘तिमी समाजको एक उदाहरणिय बन्नु, समाजमा शोषण, दमन र अन्याय अत्याचार धेरै छन्, त्यसको विरुद्द आवाज बनिरहनु । पढेर जागिर खाने मात्र नबन्नु। समाजको लागि केही योगदान पनि गर्नु ।’ यस्तो आर्शिवाद दिने बुवा सायद बिरलै होलान्। तर मलाई हरेक दिने आशीर्वादमा मेरो बाबाको भनाई यस्तै हुन्छ।

जर्ज हबर्टको एउटा प्रेरणादायी भनाई छ, ‘एउटा बुवा सयौं शिक्षक भन्दा महान हुन्छन्।’ मलाई यो भनाइ मेरो जीवनको लागि निकै सान्दर्भिक लाग्छ। मैले जुन विषयमा बोल्छु। लेख्छु। अथवा सोच्छु। ती सबै मेरो बुवाको प्रेरणाबाट प्रेरित छन्। जुन हरेक प्रेमलाई सही र सत्य सत्मार्गतिर डोर्‍याउन सही र जाहेज छन्।

मेरो जीवनको हरेक सिकाईको रोल मोडल शिक्षक मेरो बुवा नै हुनुहुन्छ। जसका कारण मैले जिबन र संघर्षलाई नजिक बाट चिन्न पाएको छु। यो मेरो जिबनको उपलब्धि हो। बुवासँग मेरो रगतको साईनो मात्र छैन। अद्भूत प्रेमको सम्बन्ध छ। मेरो पहिलो लभ मेरो बुवासंग जोडिएको छ। जसका कारण प्रेमको वास्तविकतामा मेरो दृढता र निरन्तरता छ। मेरो बुवाको म प्रतिको प्रेमले परिवार, समाज र म आफैलाई बुझ्न सक्ने बनाएको छ। बुवाको म प्रतिको कर्तव्यमा सामाजिक चिन्ताको आस्था देख्छु।

म मेरो बुवालाई सधै आदर, सत्कार, सम्मान र प्रेम गर्छु। मेरो जीवनको रियल हिरो नै मेरो बुवा हुनुहुन्छ। मेरो संघर्षको मार्गदर्शक नै मुरो बुवा । बुवाले सिकाएको ज्ञान र देखाएको बाटो समाजको लागि अपरिहार्य नै छ। मेरो हरेक पाईला सफल पार्न म मेरो बुवाको मुख हरेक दिन हेर्न चाहान्छु, न कि वर्षको एक दिन ।

त्यसैले मैले गर्ने काम प्रति त्यतिकै चिन्तित नै हुनुहुन्छ मेरो बुवा। वुबाको चाहाना र मेरो सपना एउटै उद्देश्यमा उन्मुख छ। मेरो प्रत्येक समयको संघर्षले बुवाको चाहाना पुरा गर्नकै लागी अनावरत प्रयास छ। बुवाले गरेको योगदान र मेरो सपनाको सिमानमा विश्वास र अनुपम प्रेमको भाव छ। मेरो बुवा आफु हारेर मेरो जित हेर्न चाहानुहुन्छ।

उसो त म सानै देखि केही विषयबारे बुवा बाट जान्न र बुझ्न चाहान्थे। म वर्तमान भन्दा बढी भूतकालको बारे जान्न चाहान्थेँ। जसअनुसार म जान्ने र बुझ्ने उमेर देखि बुवाई तीन वटा प्रश्न सोधिरहन्थेँ। बुवालाई मेरो पहिलो प्रश्न- तपाईको चाहाना के बन्ने थियो ? दोस्रो प्रश्न- तपाई किन पढ्नु भएन ? तेस्रो प्रश्न- कसरी हामी अछुत भयौँ ?

मेरो पहिलो प्रश्नको जवाफमा बुवा भन्नुहुन्थ्यो, मेरो चाहाना शिक्षा नै थियो। त्यसपछि जातिय संरचना विरुद्द लड्ने, दोस्रो प्रश्नको जवाफमा बुवा भन्नुहुथ्यो, गाउॅकै विधालयमा कक्षा दुईमा भर्ना भएको थिएँ। एक दिन नजानेको कुरा सरलाई सोध्दा “तल्लो जातले प्रश्न गर्ने” भनेर सरले बिहोस हुने गरि पिटे। त्यसपछि विधालय जान छोड्नुभएको रहेछ।

अनि पढाई छुट्यो। त्यसैगरी तेस्रो प्रश्नको जवाफमा भन्नुहुन्थ्यो, हामी अछुत होईनौँ। बनाईएको हो। यस विषयमा तिमी पढेपछि बोल्न सक्छौ। यस्तै कुरा बुवासँग प्राय दैनिक कुराकानी भईरहन्थ्यो। जुन कुराले रंगिन समाजसंग जुध्ने चेतनाको विकास गर्‍यो ।

समाजको वेथितिबारे जान्न र बुझ्न बुवाको भोगाई अनुभव र आफुले पनि भोग्दै आएको केही अनुभवले सामाजिक अवस्थाबारे अलि नजिक भएर नियाल्ने दृढ शक्ति प्रदान भयो। हुर्किदै जाँदा म मा मैले कस्तो लगाउने ? कस्तो खाने ? भन्दा पनि म कसरी यो समाजको वेथिति बारे बोल्न सक्छु, कसरी मैले मेरो आवाज बाहिर ल्याउन सक्ने भन्ने तिर मेरो ध्यान मोडिदै गयो।

परिणाम स्वरुप आजको दिन सम्म पनि आफुलाई हेर्दा त्यही पाउँछु। सायदै अरुको घरमा कसरी जग्गा जोड्ने, कसरी पैसा कमाउने र कसरी अरु भन्दा धनी हुनेबारे पारिवारिक छलफल हुन्छ होला । तर त्यो भन्दा नितान्त फरक बहस मेरो घरमा चल्छ । जुन बहसले मलाई आफ्नो अस्तित्व र पहिचानको खोजी गर्न हिम्मत मिल्छ।

प्रायजसो फुर्सदमा पारिवारिक गफसंगै पुर्खाको सामाजिक भोगाई देखि वर्तमानमा आ-आफ्नो भोगाईबारे बुवासंग खुलेर छलफल र बहस हुन्छ। जसले एउटा सचेत नागरिक कसरी बन्ने भन्ने तिर प्रेरणा दिन्छ। जुन परिवारको विचार, सद्भाव र संस्कार फराकिलो हुन्छ ।

हरेक छोराछोरीले आफ्नो बुवाको त्यागलाई बिर्सनु हुदैन। पारिवारिक प्रेम, सम्बन्ध र सद्भावको लागि एक अर्कामा खुलेर बहस गर्न सक्नुपर्छ। छोराछोरी प्रतिको बुवाको ईमान्दारिता सदैव रहन्छ।

त्यहाँ अर्थपुर्ण जीवनको महसुस गर्न पाइन्छ। त्यही अर्थपुर्ण जीवन बनाउन बुवाको ठूलो देन र संघर्ष जारी छ। जसरी अँध्यारोमा रहेको दियो जलेर अरुलाई उज्यालो दिन्छ। त्यसरी नै मेरो बुवाले हरबखत आफु दुखेर मेरो खुशीको लागी संघर्ष गरिरहनु भएको छ। फलस्वरुप हरेक कठिनाई र दुख थकाई मेरो सफलतामा मेटाउन चाहानुभएको छ । मेरो बुवाले आफ्नो चाहाना मारेर मेरो सपना पुरा गर्न कहिल्यै थकाई मेट्न पाउनु भएको छैन। जसको प्रेम मा कुनै स्वार्थ छैन। जहाँ यथार्थ प्रेमको भावमा सामिपत्यता छ।

र त म मेरो बुवालाई सधै आदर, सत्कार, सम्मान र प्रेम गर्छु। मेरो जीवनको रियल हिरो नै मेरो बुवा हुनुहुन्छ। मेरो संघर्षको मार्गदर्शक नै मुरो बुवा । बुवाले सिकाएको ज्ञान र देखाएको बाटो समाजको लागि अपरिहार्य नै छ। मेरो हरेक पाईला सफल पार्न म मेरो बुवाको मुख हरेक दिन हेर्न चाहान्छु, न कि वर्षको एक दिन ।

अन्ततः हरेक छोराछोरीले आफ्नो बुवाको त्यागलाई बिर्सनु हुदैन। पारिवारिक प्रेम, सम्बन्ध र सद्भावको लागि एक अर्कामा खुलेर बहस गर्न सक्नुपर्छ। छोराछोरी प्रतिको बुवाको ईमान्दारिता सदैव रहन्छ। बिडम्बना त्यो कुरा केही छोराछोरीले बुझेका हुदैनन्। धेरै बुवाले गरेको छारोछोरी प्रतिको त्याग बालुवामा पानी हाले झैँ हुन्छ।

किनभने आफ्नो बुवाको पसिना र ईच्छा नबुझ्ने छोराछोरी समाजमा अधिक छन्। जसले बुवाको विचारलाई आत्मसाथ गरेको पाईदैन। चाहाना छोरा छोरीको मात्रै हुँदैन।

छोराछोरीको चाहाना माथि बुवाको पनि झिनो आशा हुन्छ। त्यो झिनो आशा र चाहना छोराछोरीले बुझिदिए पनि बुवाको हरेक दुखाईमा पिडा कम हुन्छ। छोराछोरीको कारण कुनै बुवाको शिर कसैको अघि झुक्नु नपरोस्। आज कुशे औँशीको सबै महान् बुवाहरुप्रति सम्मान र श्रदा व्यक्त गर्दछु।

साभार खुला पत्र डटकम

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता