ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
श्रमिक महिला  दिवस र  नेपाल सन्दर्भ

श्रमिक महिला दिवस र नेपाल सन्दर्भ

फागुन २४ सल्यान

Gender equality today for a sustainable tomorrow अन्तराष्ट्रिय नारा तथा सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नाराका साथ आज बिश्वभर ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस बिश्वभर मनाइदै छ। नेपाली श्रमिक महिला आन्दोलनको बिजयका दिनमा बिश्वभर विविध कार्यक्रम गर्नु नै समानता समता र नेतृत्वमा महिला भन्ने मुल ध्येय आज सम्म पुर्ण रुपमा कार्यन्वयनमा आउन सकेको छैन। तर जनयुद्ध जनआन्दोलन मधेश आन्दोलनबाट पटक पटक महिला सिमान्तकृतका आवाज बन्न सक्ने हिम्मत दिएको छ।

विज्ञापन

यो दिवसको सुरुवात क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा आरम्भ गरेकी थिइन्

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो।

सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बीजारोपण भएको थियो। त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो। उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी हुन्। त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाए।पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो। त्यसको १०० वर्ष सन् २०११ मा मनाइयो, त्यसैले यो वर्ष हामी ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछौँ।

तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले “विगत मनाउँदै, भविष्यबारे योजना गर्दै” भन्ने विषयलाई आत्मसात् गर्‍यो।

अहिले अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भन्ने मनाउने दिन बनेको छ। तर यो दिनको राजनीतिक धरातल भने निरन्तरको असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने भन्ने हो।

संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो। सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखिमात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो। नेपाली पञ्चाङ्गअनुसार यो दिवस सालाखाला फागुन २४ गते पर्छ ।

यसरी संसारका विभिन्न देशले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भनी निर्णय गरेको वर्ष सन् १९०९ सम्ममा संसारमा नारीलाई मत दिने अधिकार केवल न्युजिल्यान्ड, अस्ट्रेलिया र फिनल्यान्ड गरी ३ देशमा मात्र सीमित थियो । न्युजिल्यान्डमा सन् १८३० मा, अस्ट्रेलियामा सन् १९०२ मा र फिनल्यान्डमा सन् १९०६ मा महिलाले मत दिने अधिकार पाएका थिए ।

नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्र सङ्घबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको हो । नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ देखि नै प्राप्त भएको हो । भारतले भने त्यहाँको अधिवेशनमा एक प्रस्ताव पारित गरी भारतीय राष्ट्रिय काङ्ग्रेसले  नारीलाई मत दिने अधिकार दिन माग गरेकामा त्यस बेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइयो र पछि सन् १९२० देखि १९२९को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइएको हो ।

यसरी हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आइएकामा सन् १९७२ (वि.सं. २०२९) डिसेम्बर १८ का दिन संयुक्त राष्ट्र सङ्घको साधारण सभाले एक प्रस्ताव पारित गरेर सन् १९७५ (वि.सं.२०३२ साल) लाई अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाएर संसारका सबै देशका सबै नारी पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त होउन्, उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने विश्वव्यापी मान्यता हो । यसरी विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो ।

श्रीलङ्कामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत तत्तत् देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे । नेपालमा प्रधानमन्त्री बिपी कोइरालाको प्रधानमन्त्रित्वकालमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकामा अहिले आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको यो सवालमा विश्व इतिहासमा नेपाल अग्र पङ्क्तिमा देखा पर्नु हो । विश्वका महिलाले नेपालका महिला सहभागिताको उदाहरण देखेर हर्ष मान्नुपरेको छ । यो उदाहरण नै अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्षको उपादेयता हो । यसप्रकार नेपालमा एकै समयमा राजनीतिक र न्यायिक उच्च पदमा महिला सहभागी हुनुले विश्व गिनिज बुकमा नेपालको नाम लेखाउनुपर्ने वातावरण सिर्जना भएको छ । यति हुँदा पनि नेपालका महिलाले अधिकार पाइएन, पुरुषको दास भएर बस्नुपर्याे, भातभान्सामा रुमल्लिनुपर्यो भन्नु मानसिक कमजोरीमात्र हो

नेपाल सन्दर्भ

नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई आमनागरिकको तहमा मनाउन थालिएको चार दशक भयो । मार्च ८ लाई नेपालमा पहिलोपटक वि.सं. २०१७ मा धनकुटाका केही शिक्षिकाले ‘आइमाई दिवसको रूपमा मनाएको दस्ताबेजमा पाइन्छ ।

वि.सं. ०३३ सालबाट दरबारिया र घरानियाँ महिलाको नेतृत्वमा यस दिवसलाई ‘अन्तर्राष्ट्रिय नारी दिवस’को रूपमा मनाउन थालियो । ०३४ बाट पारिजातको संयोकत्वमा गोप्य रूपमा ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइयो ।

तर, ०३६ सालमा श्रमिकको बीचमा नेपाल स्वतन्त्र मजदुर युनियनको गठन र ०३७ मा शान्ता मानवीको संयोकत्वमा अखिल नेपाल महिला संघको पुनस्र्थापना भएपछि मार्च ८ को विश्व इतिहासको मर्मसँग सामिप्यता राख्ने गरी देशव्यापी रूपमा हरेक वर्ष यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालियो । ०४६ को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने वेला दुई दर्जनभन्दा बढी योद्धाहरूले सहादत प्राप्त गरिसकेका थिए ।

यो परिवेशमा ८ मार्चको संघर्षशील परम्परालाई संघर्षमै हुर्काउँदै ८०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस देशैभरि जनआन्दोलनको रूपमा नै मनाइयो । सबै क्षेत्रका सयाैँ महिला गिरफ्तार भए । तर, आन्दोलनको नतिजा सुखद नै रह्यो । जनताले बहुदलीय व्यवस्था प्राप्त गरे ।

नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई आमनागरिकको तहमा मनाउन थालिएको चार दशक भयो । मार्च ८ लाई नेपालमा पहिलोपटक वि.सं. २०१७ मा धनकुटाका केही शिक्षिकाले ‘आइमाई दिवस’का रूपमा मनाएको केही दस्ताबेजमा पाइन्छ । ०४७ मा सरकारी तहबाट यसलाई ‘महिला दिवस’ भन्न थालियो । ०४७ सालको मार्च ८ उत्साहजनक भने हुन सकेन । नयाँ संविधानको घोषणा भए पनि महिलाको सन्दर्भमा अपेक्षित उपलब्धि भएन ।

०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि ०५९ र ०६० मा आयोगकै तर्फबाट ‘श्रमिक महिला दिवस’को रूपमा मनाइयो । त्यसपछिका कहिले महिला दिवस र कहिले श्रमिक महिला दिवसका रूपमा मनाइयो । र, अन्ततः श्रम कानुन ०७४ (दफा ४१) ले यस दिवसलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा किटान गर्‍यो । त्यसपछि यो वर्षबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत श्रम कानुनको व्यवस्थाअनुसार नै ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा मनाउने निर्णय गरेको छ । उपलब्धि र चुनौती राजनीतिक सहभागिता, पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षणसम्बन्धी सेवामा विस्तार, आफ्नो शरीरमाथि आफ्नो अधिकारलगायत विषयमा कानुनी रूपमा नेपाली महिला अधिकारयुक्त बन्दै गएका छन् महिलाविरुद्ध हुँदै आएका विभेदपूर्ण व्यवहार (जस्तो छाउपडी, बोक्सा–बोक्सी, दाइजोलगायत) विरुद्ध राज्यको हस्तक्षेपकारी भूमिका विस्तार हुँदै आएको छ । सामाजिक रूपमा महिला चेतनामा आएको परिवर्तन, सार्वजनिक गतिविधिमा बढ्दो महिला सहभागिता र सफलता नेपाली महिला आन्दोलनले गर्व गर्न सक्ने उपलब्धि हुन् । चुनौतीका रूपमा अझै पनि संवैधानिक रूपमा नै महिलालाई समान हैसियतको नागरिकका रूपमा स्वीकार गरिएको छैन । पुरुषको सहाराविना एउटी आमाले सन्तानलाई नागरिक पहिचानसमेत दिन नसक्नु लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा लज्जाको विषय हो

लेखक कमला परियार महिला अधिकार कर्मी हुन ।