लुम्बिनीमा गतवर्ष भन्दा रोपाइँ कम, कुन जिल्लामा कति प्रतिशत

लुम्बिनीमा गतवर्ष भन्दा रोपाइँ कम, कुन जिल्लामा कति प्रतिशत

१६ असार २०७९

बुटवल । असार १५ सकियो । तर, यस वर्ष पनि किसानले समयमै मल नपाउँदा र समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा अहिले गतवर्ष भन्दा कम धान रोपाई भएको छ । प्रदेशमा अहिले ९असार १४ गते० सम्म करिब ३२.७१ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गतवर्ष यहि अवधीमा करिब ४६ प्रतिशत रोपाई भएको थियो । अहिले गतवर्षको भन्दा १३ प्रतिशतले कम रोपाई भएको हो ।

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाअनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०।८६ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । गतवर्ष लुम्बिनी प्रदेशमा यो अवधिमा करिब ४६ प्रतिशतधान रोपाई सकिएको थियो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमकाअनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा८० प्रतिशत र सबै भन्दाकम बाँकेमा १३ प्रतिशत धान रोपाई भएको छ ।

नवलपरासीमाधान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमाधान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये ४ हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको द्रोसो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले ग्लोबल आवाजलाई जानकारी दिए ।

यता लुम्बिनी प्रदेशमा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६०।२० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने १ हजार ४१९।४२ हेक्टर मध्ये ९ सय २२।६२ हेक्टर क्षेत्रफमा रोपाई सकिदाँ रोल्पामा ४ हजार ३४० हेक्टर मध्ये २ हजार ६१२।६८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

यस्तै तराई जिल्लाका धान उत्पादनहुने मुख्य जिल्ला दाङमा ३१।५० प्रतिशत र बर्दियामा ३४।७८ प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामाकुलधान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफल मध्ये १७हजार ४७६।६८ हेक्टरमा रोपाई सकिएको छ। अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशतधान रोपाई भएको छ । जिल्लामा धान खेती हुने कुल ८ हजार ५० हेक्टर मध्ये १ हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्नभईसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।

गुल्मीमा २७ प्रतिशत रोपाई हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमाकुलधान खेतिहुने ८ हजार ८३६ हेक्टर मध्ये २ हजार ३८५।७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने पाल्पमा७हजार ७०६ हेक्टर मध्ये २ हजार ६९७।१० हेक्टर क्षेत्रफलमा रोपाई सकिसकेको छ । यता प्यूठान ६० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टर मध्ये ३ हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा गतवर्ष भन्दा केही कम धान रोपाइँ भएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाइँमा पर्यो ।’–उनले भने। साथै असार भरिमा लुम्बिनी प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ सकिने उनले बताए ।